# भर्खरै
Namaste Icon
Ad

करिश्मालाई पति सञ्जयले आफ्ना साथीहरूसँग सुत्न बाध्य बनाएका थिए

करिश्मालाई पति सञ्जयले आफ्ना साथीहरूसँग सुत्न बाध्य बनाएका थिए

एजेन्सी । सन् १९९० को दशककी लोकप्रिय नायिका करिश्मा कपूरले विवाहपछि पाएको दुःखका विषयमा रहस्य खोलेकी छन् । एक मनोरञ्जन वेबसाइटसँग कुराकानी गर्दै उनले विवाहलगत्तै पति सञ्जय कपूर र सासुले यातना दिने गरेको बताइन् । विवाहपछि आफ्नो जीवन पूरै बदलिएको उनको भनाइ छ । हनीमूनकै बेलामा पनि आफूलाई पतिले लिलाम बढाबढ गरेर भाडामा दिएको उनले दाबी गरिन् ।

हनीमून मनाउन गएको बेलामा करिश्मालाई पति सञ्जयले आफ्ना साथीहरूसँग सुत्न बाध्य बनाएका थिए । उनले त्यसो गर्न नमान्दा सञ्जयले कुटपिट गरेको र एकजना साथीलाई लिलाम बढाबढ गरी पैसा लिएर सुत्न पठाएको दाबी पनि करिश्माले गरिन् ।

विवाहपछि पनि सञ्जयले पहिली पत्नीसँग शारीरिक सम्बन्ध कायम गरेको करिश्माले खुलासा गरिन् । यसको बारेमा सञ्जयलाई सोध्दा माफी माग्नुको साटो उल्टो कुटपिट गरेको करिश्मा बताउँछिन् ।

सन् २०१२ मा आएर करिश्मा आफ्ना बच्चाहरूलाई लिएर बेग्लै बस्न थालिन् । त्यसपछि उनले सञ्जयसँगको १३ वर्षे सम्बन्ध अन्त्य गर्नका लागि डिभोर्स फाइल गरिन् । सञ्जयसँग डिभोर्स गरेपछि करिश्मा मुम्बईमा आमाबुवासँग बस्न थालिन् । अहिले उनी दुई सन्तान सम्हालेर खुलेर जिन्दगी बाँचिरहेकी छन् ।

Ad

सम्बन्धित समाचारहरु

नेपालकी सुन्दरी नम्रताकाे हट अवतार

नेपालकी सुन्दरी नम्रताकाे हट अवतार

काठमाडौं । यस वर्षको मिस वर्ल्ड प्रतियोगिता अमेरिका सुरु भएको छ । अमेरिकाको पुएर्तो रिकोमा यो प्रतियोगिता भएको हो । जसमा नेपालबाट नम्रता श्रेष्ठले सहभागिता जनाएकी छिन् । नम्रता हट अवतारमा उत्रिएको देखिन्छ । उनले सुट गराएको फोटोमा हट देखिएकी हुन् ।

विक्की–कट्रिनाको विवाहका अतिथिका लागि 'टाइगर सफारी’ सफारीको व्यवस्था

मुम्बई । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाहमा सहभागी आगन्तुकले ‘टाइगर सफारी’ गर्न पाउने भएका छन् । उनीहरूको विवाहको मिति नजिकिँदै गर्दा यस्तो रोचक कुरा बाहिरिएको हो । समाचारानुसार विवाह समाराहेमा सहभागी हुने अतिथिहरूका लागि विक्की र कट्रिनाले रणथन्बोर राष्ट्रिय निकुञ्जमा विशेष टाइगर सफारीको व्यवस्था गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस