Namaste Icon

चर्चामा 'जाली भन्छौ किन ?' सार्वजनिक (भिडियो)

चर्चामा  'जाली भन्छौ किन ?' सार्वजनिक (भिडियो)

काठमाडौं । लोक दोहोरी गीत 'जाली भन्छौ किन ?' सार्वजनिक भएको छ। अकला देवी म्युजिकले भिडियोसहित लोक दोहोरी गीत सार्वजनिक गरेको हो । रामजी खाँड, अर्जुन सापकोटा र टंक डुम्रेले स्याङ्जा प्रतिनिधिको भूमिकासहित स्वर दिएको गीतमा गायिका सुनीता बुढाले झापाको प्रतिनिधित्वमा स्वर भरेकी छन् । यो गीत सामाजिक सञ्जाल टिकटक, युट्युब तथा फेसवुकमा निकै रुचाइएको छ ।

दुःख पर्दा सधै गुन लगाएपनि जाली भनेकोमा स्याङ्जालीको दुखेसोबाट गीत सुरु हुन्छ। यसमा उनीहरूलाई रिस उठेको भाव व्यक्त गरिएको छ । स्याङ्जालीहरू सोझासाझा, सरल र इमान्दार हुँदाहुँदै पनि जाली भनिएकोमा उनीहरुले झापालीप्रति 'क्रोध' देखाएका छन् । झापालीको प्रतिनिधित्व गर्दै गीत गाएकी बुढाले भने स्याङ्जालीहरूले झुट कुरा बोल्ने र अरूको कुरा काट्ने प्रवृत्ति हुने आरोप लगाएकी छन्। स्याङ्जालीहरूभन्दा झापालीहरू राम्रा र इमान्दार हुने दाबी गीतमा गरिएको छ ।

विशेषगरी राजधानीलगायतका सहरी क्षेत्रमा झापाली र स्याङ्जालीका विषयमा सुनिने विभिन्न किस्साले गीत लेख्न प्रेरित गरेको गीतकार डुम्रेले बताए । गीतको भिडियोमा रामजी खाँड, डुम्रे र अर्जुन सापकोटाले स्याङ्जालीको भूमिका निभाएका छन् भने आस्था थापाले झापालीको प्रतिनिधित्व गरेकी छन् । यज्ञ सापकोटाले संगीत भगरेको गीतको म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका हुन् ।

Ad

सम्बन्धित समाचारहरु

बैंकर सुरज नाम्बियारसँग  बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय

काठमाडाैं । बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिएकी छिन् । उनले इन्भेष्मेन्ट बैंकर सुरज नाम्बियारसँग प्रेमविवाह गरेकी हुन् । दुवैले आज गोवामा परिवार, साथी र कलाकारहरुमाझ मलयाली परम्परामा लगनगाँठो कसेका हुन् । कलाकार अर्जुन बिजलानीले मौनीको बिहेको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । अर्जुन मौलीको प्रि-वेडिङ सेरेमोनीदेखि नै गोवामा छन् । मौनी र सूरजको प्रि-वेडिङ सेरेमोनी पनि गोवामा भएको थियो ।

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको आइटम गीत यति बेला युट्युबको ट्रेन्डिङ ३ मा आएको छ । स्वस्तिमाको अभिनय रहेको दक्षिण भारतीय चलचित्र ‘थिरीमाली’को आइटम गीत ट्रेन्डिङमा परेको हो । गएको शनिबार रिलिज भएको ‘रंग बिरंगी’ शीर्षकको आइटम गीत बुधबार ट्रेन्डिङ ३ मा आइसकेको छ । ट्रेन्डिङ ४ बाट ३ मा उक्लिएको गीतको भिडियोलाई १८ लाख ४९ हजार ३५० भन्दा बढीपटक हेरिइसकेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस