Namaste Icon

बिहे गर्ने तयारीमा सोनाक्षी सिन्हा

बिहे गर्ने तयारीमा सोनाक्षी सिन्हा

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा बिहे गर्ने तयारीमा छिन् । पछिल्लो खबर अनुसार, उनी सलमान खानको परिवारको एक सदस्य बन्न गइरहेको बताइएको छ । बलिउडमा उनको विवाह सलमान खानको परिवारका कुनै एक सदस्यसँग हुने हल्ला चलिरहेपनि उनको तर्फबाट आधिकारिक खबर आइनसकेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

केही मिडियाहरूले भने सोनाक्षी र सेलिब्रेटी म्यानेजर बन्टी सचदेवाको नाम जोडेर चर्चा गरिरहेका छन् । उनीहरू केही समयअघिदेखि सम्बन्धमा रहेको र अहिले उनीहरूले विवाहको तयारी गरिरहेको बताइएको छ । बन्टी सलमान खानको भाइ सोहेल खानको सालो नाता पर्ने बताइएको छ । सोहेलकी पत्नी सीमाको सहोदर भाइ बन्टी भएको बताइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

बैंकर सुरज नाम्बियारसँग  बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय

काठमाडाैं । बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिएकी छिन् । उनले इन्भेष्मेन्ट बैंकर सुरज नाम्बियारसँग प्रेमविवाह गरेकी हुन् । दुवैले आज गोवामा परिवार, साथी र कलाकारहरुमाझ मलयाली परम्परामा लगनगाँठो कसेका हुन् । कलाकार अर्जुन बिजलानीले मौनीको बिहेको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । अर्जुन मौलीको प्रि-वेडिङ सेरेमोनीदेखि नै गोवामा छन् । मौनी र सूरजको प्रि-वेडिङ सेरेमोनी पनि गोवामा भएको थियो ।

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको आइटम गीत यति बेला युट्युबको ट्रेन्डिङ ३ मा आएको छ । स्वस्तिमाको अभिनय रहेको दक्षिण भारतीय चलचित्र ‘थिरीमाली’को आइटम गीत ट्रेन्डिङमा परेको हो । गएको शनिबार रिलिज भएको ‘रंग बिरंगी’ शीर्षकको आइटम गीत बुधबार ट्रेन्डिङ ३ मा आइसकेको छ । ट्रेन्डिङ ४ बाट ३ मा उक्लिएको गीतको भिडियोलाई १८ लाख ४९ हजार ३५० भन्दा बढीपटक हेरिइसकेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस