Namaste Icon

पूर्ण बाजुरालीले ल्याए ‘चोक तीर’ (भिडियोसहित)

पूर्ण बाजुरालीले  ल्याए ‘चोक तीर’ (भिडियोसहित)

काठमाडौं । पूर्ण बाजुरालीको नयाँ गीत ‘चोक तीर’ सार्वजनिक भएको छ । डिजे नाम दिइएको सो गीत अकला देवी म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा स्वर, शब्द तथा लय पूर्ण बाजुरालीको रहेको छ ।

 

गीतको भिडियो निर्देशन टेकराज अछामीले गरेका छन, भने म्युजिक भिडियोमा पूर्ण बाजुराली, सोमिया अछामी, दीया र एन्जलको अभिनय तथा नृत्य देख्न सकिन्छ । दुर्गा श्रेष्ठले खिचेको भिडियो महेश विक्रम पाण्डेले सम्पादन गरेका हुन् ।

 

Ad

सम्बन्धित समाचारहरु

बैंकर सुरज नाम्बियारसँग  बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय

काठमाडाैं । बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिएकी छिन् । उनले इन्भेष्मेन्ट बैंकर सुरज नाम्बियारसँग प्रेमविवाह गरेकी हुन् । दुवैले आज गोवामा परिवार, साथी र कलाकारहरुमाझ मलयाली परम्परामा लगनगाँठो कसेका हुन् । कलाकार अर्जुन बिजलानीले मौनीको बिहेको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । अर्जुन मौलीको प्रि-वेडिङ सेरेमोनीदेखि नै गोवामा छन् । मौनी र सूरजको प्रि-वेडिङ सेरेमोनी पनि गोवामा भएको थियो ।

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको आइटम गीत यति बेला युट्युबको ट्रेन्डिङ ३ मा आएको छ । स्वस्तिमाको अभिनय रहेको दक्षिण भारतीय चलचित्र ‘थिरीमाली’को आइटम गीत ट्रेन्डिङमा परेको हो । गएको शनिबार रिलिज भएको ‘रंग बिरंगी’ शीर्षकको आइटम गीत बुधबार ट्रेन्डिङ ३ मा आइसकेको छ । ट्रेन्डिङ ४ बाट ३ मा उक्लिएको गीतको भिडियोलाई १८ लाख ४९ हजार ३५० भन्दा बढीपटक हेरिइसकेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस