Namaste Icon

मतदानपछि भीम रावलले दिए यस्ताे प्रतिक्रिया

मतदानपछि भीम रावलले दिए यस्ताे प्रतिक्रिया

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गतको मतदान प्रक्रिया सुरु भएको छ । केही शीर्ष नेताहरुले मतदान गरिसकेका छन् । मतदानपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्षका उम्मेद्वार भीम रावलले केन्द्रीय कमिटी सदस्यमा आफूले उम्मेदवारी नदिएको बताए । उनले पदाधिकारीका उम्मेदवारको नाम सदस्यमा समेत रहेकाले यसलाई तत्काल सच्याउनसमेत निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताए ।

उनले भने, ‘म सदस्यको उम्मेद्वार होइन, यसले मतदाता प्रतिनिधिलाई समस्या पर्छ।’ यसअघि अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा प्रस्तुत गरेको सूचीमा अध्यक्षका प्रत्यासी रावललाई केन्द्रीय सदस्यमा राखेका थिए । रावलले विद्युतीय भोटिङ मेसिनमा केही असहजता देखिएको भन्दै असन्तुष्टि जनाए । मतदान प्रक्रिया बिहान ९ बजेसम्म चल्नेछ । 

Ad

सम्बन्धित समाचारहरु

एमाले ललितपुरका पूर्वउपाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अब यस्ताे हुनेछ, राष्ट्रियसभाकाे अंकगणित(सूचीसहित)

काठमाडौं । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस