Namaste Icon

अध्यक्षमा हारेपछि भीम रावलले दिए यस्तो प्रतिक्रिया

अध्यक्षमा हारेपछि भीम रावलले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ महाधिवेशनका अध्यक्षका प्रतिस्पर्धी डा भीमबहादुर रावलले आफूले पाएको मत आफ्नाे र पार्टीको ठूलो सफलता भएको बताएका छन् । आधिकारिक घोषणा नभएपनि मत परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी भएको जानकारी बाहिर आएपछि रावलले यस्ताे बताएका हुन् ।


डा रावलले भने, ‘मलाई उम्मेदवारी नै दर्ता गर्न नदिने योजना बनाएको अवस्थामा निरन्तरको संघर्षपश्चात उम्मेदवारी दिएर जति मत पाएको छु त्यो मेरो र पार्टीकाे लागि ठूलो सफलता हो । मैले गरेका संघर्षका कारण विधान कार्यान्वयन भएको छ र केही हदसम्म भएपनि लोकतान्त्रिक प्रक्रिया अगाडि बढेको छ ।’

Ad

सम्बन्धित समाचारहरु

एमाले ललितपुरका पूर्वउपाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अब यस्ताे हुनेछ, राष्ट्रियसभाकाे अंकगणित(सूचीसहित)

काठमाडौं । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस