Namaste Icon

बलिउड अभिनेत्री अमिषाविरुद्ध जमानत वारेन्ट जारी

बलिउड अभिनेत्री अमिषाविरुद्ध जमानत वारेन्ट जारी

मुम्बई । बलिउड अभिनेत्री अमिषा पटेलमाथि भोपालको एक अदालतले जमानत वारेन्ट जारी गरेको छ । अभिनेत्री पटेलमाथि अहिले चेक बाउन्सको मुद्धा चलिरहेको छ । यही मुद्धाका कारण उनले उनलाई अदालतले आगामी सुनुवाईको समयमा अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको आगामी सुनुवाई डिसेम्बर ४ मा हुनेछ ।

अमिषामाथि ३२ दशमलब २५ लाख रुपैंयाँको चेक बाउन्सको उजुरी परेको छ । उनीविरुद्ध यूटीएफ टेलिफिल्मसले मुद्धा दर्ता गराएको हो । कम्पनीले अभिनेत्रीले कम्पनीबाट फिल्म बनाउनका लागि पैसा लगेको र कम्पनीलाई दिइएको दुई चेक बाउन्स भएको उजुरीमा उल्लेख गरेको छ । यो मामलामा अमिषा र उनको टिमले कुनै प्रतिक्रिया दिएको छैन ।

अमिषा डिसेम्बर ४ मा अदालतमा उपस्थित भइनन् भने उनीविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । अमिषा लामो समयदेखि फिल्म क्षेत्रबाट टाढा छिन् । उनी चाँडै सुपरहिट फिल्म ‘गदर’को सिक्वेलमा सनी देओल र उत्कृर्ष शर्मासँग देखिँदैछिन् । उनी यो फिल्मबाहेक अर्जुन रामपाल र डेजी शाहको फिल्म ‘मिस्ट्री अफ ट्याटु’मा पनि देखिँदैछिन् ।

Ad

सम्बन्धित समाचारहरु

बैंकर सुरज नाम्बियारसँग  बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय

काठमाडाैं । बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिएकी छिन् । उनले इन्भेष्मेन्ट बैंकर सुरज नाम्बियारसँग प्रेमविवाह गरेकी हुन् । दुवैले आज गोवामा परिवार, साथी र कलाकारहरुमाझ मलयाली परम्परामा लगनगाँठो कसेका हुन् । कलाकार अर्जुन बिजलानीले मौनीको बिहेको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । अर्जुन मौलीको प्रि-वेडिङ सेरेमोनीदेखि नै गोवामा छन् । मौनी र सूरजको प्रि-वेडिङ सेरेमोनी पनि गोवामा भएको थियो ।

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको आइटम गीत यति बेला युट्युबको ट्रेन्डिङ ३ मा आएको छ । स्वस्तिमाको अभिनय रहेको दक्षिण भारतीय चलचित्र ‘थिरीमाली’को आइटम गीत ट्रेन्डिङमा परेको हो । गएको शनिबार रिलिज भएको ‘रंग बिरंगी’ शीर्षकको आइटम गीत बुधबार ट्रेन्डिङ ३ मा आइसकेको छ । ट्रेन्डिङ ४ बाट ३ मा उक्लिएको गीतको भिडियोलाई १८ लाख ४९ हजार ३५० भन्दा बढीपटक हेरिइसकेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस