Namaste Icon

‘ घोच्यो मलाई तिम्रो जुङ्गाले’भन्दै आइन सोनिका (भिडियोसहित)

‘ घोच्यो मलाई तिम्रो जुङ्गाले’भन्दै  आइन सोनिका (भिडियोसहित)

काठमाडौं । चर्चित गायक राज सिग्देल र प्रीति आलेको समधुर आवाज रहेको गीत बजारमा आएको छ । बैदेशिक रोजगारीमा गएका श्रीमान र घरमा एक्लै भएकी श्रीमतीको कथा देखाउन खोजिएको ‘फुलको थुङ्गाले, सक्छौ भने मुर्सादेउ फुलको थुङ्गाले, काटिदेउ निरमाया घोच्यो मलाई तिम्रो जुङ्गाले’ बोलको गीतमा शब्द/संगीत डीआर सुजनको रहेको छ ।

सो गीतमा कलाकारहरू डीआर सुजन, सोनिका रोकाया, नविना सिलवाल, सुरवीर पण्डित, अन्जु कार्की र अर्जुन कार्कीको मिठो अभिनय पनि रहेको छ । भिडियोमा सोनिकालाई श्रीमान विदेश गएकी महिलाका रूपमा देखाइएको छ । श्रीमान विदेशमा रहँदा गाउँका अरू नै केटासँग उनको प्रेम सम्बन्ध रहेको देखाउन खोजिएको छ ।

‘आउँछौ दिनकैं गर्दैनौं विहे नि, खुःशी हुन्नौं सबैथोक दिए नि’ बाट सुरु भएको गीतको अन्त्य ‘बैंस जोवन अर्कैसँग साटियो, तिम्लाई कुर्दा ४० अ‍ैं काटियो’ मा हुन्छ । भिडियोमा सोनिकाको श्रीमानको भुमिकामा सुरवीर पण्डित रहेका छन् । सम्पादन विकास ज्ञवालीको रहँदा सिनेम्याटोग्राफर रेशम दर्लामी रहेका छन् ।

फुलको थुङ्गाको निर्माता सुजन शर्मा रेग्मी रहेका छन् भने निर्देशन डीआर सुजनको रहेको छ । डीआर सुजनको आफ्नै युट्यब च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शकहरूले राम्रै माया दिइरहेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

बैंकर सुरज नाम्बियारसँग  बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय

काठमाडाैं । बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिएकी छिन् । उनले इन्भेष्मेन्ट बैंकर सुरज नाम्बियारसँग प्रेमविवाह गरेकी हुन् । दुवैले आज गोवामा परिवार, साथी र कलाकारहरुमाझ मलयाली परम्परामा लगनगाँठो कसेका हुन् । कलाकार अर्जुन बिजलानीले मौनीको बिहेको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । अर्जुन मौलीको प्रि-वेडिङ सेरेमोनीदेखि नै गोवामा छन् । मौनी र सूरजको प्रि-वेडिङ सेरेमोनी पनि गोवामा भएको थियो ।

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको आइटम गीत यति बेला युट्युबको ट्रेन्डिङ ३ मा आएको छ । स्वस्तिमाको अभिनय रहेको दक्षिण भारतीय चलचित्र ‘थिरीमाली’को आइटम गीत ट्रेन्डिङमा परेको हो । गएको शनिबार रिलिज भएको ‘रंग बिरंगी’ शीर्षकको आइटम गीत बुधबार ट्रेन्डिङ ३ मा आइसकेको छ । ट्रेन्डिङ ४ बाट ३ मा उक्लिएको गीतको भिडियोलाई १८ लाख ४९ हजार ३५० भन्दा बढीपटक हेरिइसकेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस