Namaste Icon

को–को पुगे राप्रपा महाधिवेशन उद्घाटन समारोहमा ?

को–को पुगे राप्रपा महाधिवेशन उद्घाटन समारोहमा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमन्डपमा सुरु भएको महाधिवेशनमा संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पार्टीको झन्डोतोलन गरेका छन् ।

एकता महाधिवेशनलाई सम्बोधन गर्न पार्टी नेतृत्वका साथै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झालगायत नेताहरू कार्यक्रमस्थल पुगेका छन् । अरू नेताहरू पनि पुग्नेक्रममा रहेको बताइएको छ ।

महाधिवेशन उद्घाटन समारोहलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने बताइएको छ । यो एकता महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । एक अध्यक्ष ६ उपाध्यक्ष, ६ महामन्त्री, एक कोषाध्यक्ष, सात सहमहामन्त्री र सात सहायक महामन्त्री चयन गर्ने बताइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

एमाले ललितपुरका पूर्वउपाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अब यस्ताे हुनेछ, राष्ट्रियसभाकाे अंकगणित(सूचीसहित)

काठमाडौं । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस