Namaste Icon

राप्रपाकाे मञ्चबाट एमालेप्रति प्रचण्डको यस्ताे कटाक्ष

राप्रपाकाे मञ्चबाट एमालेप्रति प्रचण्डको यस्ताे कटाक्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेको भर्खरै सम्पन्न महाधिवेशनप्रति कटाक्ष गरेका छन् । एमालेले आफ्नो महाधिवेशनलाई एकताको महाधिवेशन भनेर प्रचारित गरेकोप्रति प्रचण्डले कटाक्ष गरेका हुन् । 'नेपालमा पार्टी फुटाएर तीन टुक्रा बनाउने र महाधिवेशनको नामचाहिँ एकता महाधिवेशन राख्ने भर्खरै हामीले देखेका छौं', उनले भने ।

राप्रपाले उस्तै नाम र पृष्ठभूमिका पार्टीहरुबीच एकता गरेर राप्रपा गठन गरेको थियो । 'तपाईंहरु तीनवटा पार्टी मिल्नुभयो र महाधिवेशनको नाम पनि एकता महाधिवेशन राख्नुभयो । त्यस अर्थमा धन्यवाद दिन्छु', उनले भने, 'तपाईंहरुले जालीझेली कुरा गर्नुभएन ।' उनले राप्रपा र आफूहरुको विचार नमिल्ने बताए । उनले आफू गणतन्त्रवादी र धर्मनिरपेक्षवादी भएको स्मरण गराए ।

Ad

सम्बन्धित समाचारहरु

एमाले ललितपुरका पूर्वउपाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अब यस्ताे हुनेछ, राष्ट्रियसभाकाे अंकगणित(सूचीसहित)

काठमाडौं । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस