Namaste Icon

एमाले अध्यक्षमा पराजित भएपछि भीम रावलले गरे पहिलाे ट्वीट

एमाले अध्यक्षमा पराजित भएपछि भीम रावलले गरे पहिलाे ट्वीट

काठमाडाैं । नेकपा एमालेको अध्यक्षमा पराजित भएका भीम रावलले एमालेलाई विधि पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गर्ने अठोट गरेको र सोहीअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । पराजित भएपछिको पहिलो ट्वीट गर्दै रावलले यस्तो बताएका हुन् ।

‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरेअनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ,’ रावलले सामाजिक सञ्जाल ट्वीटरमा बुधवार लेखेका छन्, ‘मलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिँदै कृतज्ञता प्रकट गर्दछु ।’

एमाले अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्रमा पेश गरेको सूची अनुमोदन नगर्ने र निर्वाचनको प्रक्रियामा सहभागी हुने अडान राखेकै कारण एमालेले निर्वाचनबाट नेतृत्व चयन गरेको थियो । उक्त निर्वाचनमा केपी ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका रावलले २२३ मत ल्याए भने ओलीले १८३७ मत ल्याएर दोस्रो पटक एमालेको अध्यक्ष बने ।

Ad

सम्बन्धित समाचारहरु

एमाले ललितपुरका पूर्वउपाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अब यस्ताे हुनेछ, राष्ट्रियसभाकाे अंकगणित(सूचीसहित)

काठमाडौं । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस