Namaste Icon

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

काठमाडौं । एसोसिएसन अफ एलायन्स क्लबस् इन्टनेसनल डिस्ट्रिक १०२३ अन्तर्गत रहेको एलायन्स क्लब अफ काठमाडौं सिटिकी क्लब अध्यक्ष एली गुना सिलवालको जन्मदिनको अवसरमा बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको छ । कलंकीमा रहेको जनपथ माबिका बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको हो । विद्यालयमा रहेका बालबालिकालाई आफ्नो जन्मदिनमा सहयोग गर्न पाउदा ज्यादै खुसी लागेको एली गुना सिलवालले बताईन । कार्यक्रममा क्लबकी क्लब कोषाध्यक्ष एली प्रितिमा शर्माले संस्थाले समाजसेवाको साँथै व्यक्तित्व विकास बढउनमा सहहयोग गेको बताईन ।

यसै क्लबका स्थापक अध्यक्ष सथै डिष्ट्रीक १०२३ का डिष्ट्रक चिभ एड्भाइजर एली भि.के.स ठकुरीले आफूहरुले सकेको सहयोग फेरि गर्ने बताए । सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर एली धना आचार्यले पटक–पटक सकेको सहयोग गर्दै आएको बताइन । ‘आउदा दिनहरुमा पनि हामीले सकेको सहयोग गर्नेछौं’ उनले भनिन, ‘हाम्रो उद्देश्य नै सेवा हो र यो निरन्तर अघि बढ्ने छ ।’

जनपथ माबिका प्रध्यापक जीतबहादुर लामिछानेले जन्मदिनको शुभकामना साथै क्लबका सबैलाई धन्यवाद पनि दिए । उनले भने, ‘आउदो दिनका यस्ता कार्यक्रम गर्नु हुनेछ भन्ने अपेक्षा राखेका छौं ।’ कार्यक्रममा डिष्ट्रक गभनर एली नन्दराज पोखरेल, क्लबका मेम्बर एली वीरबहादुर वमजन, एली कृतिबहादुर सिंह, एली ज्याकफिन केसी, एली गंगा रिसाल लगायतको उपस्थिति रहेको थियो ।

Ad

सम्बन्धित समाचारहरु

बालाजुमा ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु

बालाजुमा ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अधिवेशन हुँदै

सुर्खेत । कर्णाली प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ख्याल गर्दै माघ १८ गते भर्चूअल माध्यमबाट अधिवेशन गर्न लागिएको हो । ‘कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान’ नारा तय गरिएको अधिवेशनको तयारी तिव्र पारिएको आयोजक कमिटीका सदस्य गणेश कोइरालाले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस