Namaste Icon

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग

काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग गपिरएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । यसका लागि व्यवसायीहरु तयार रेहको उनले बताए । उनले १४ वर्षदेखि कान्तिपुर मलले उपहार योजना सञ्चालन गर्दै आएको बताए ।

कान्तिपुर मल व्यापार सङ्घका अध्यक्ष जीतबहादुर कटुवालले कोरोनाले थला परेको व्यवसायलाई सरकारले विशेष सहुलियत दिनुपर्ने बताए । सोही कार्यक्रममा उपहार योजनामा प्रथम हुने काठमाडौं कपनकी यमुना वाग्लेलाई दुई लाख ९० हजार मूल्य बराबरको १५० सिसीको यामाहा कम्पनीको मोटरसाइकल, दोस्रो हुने चितवनका समीर भट्टराईलाई रु दुई लाख ६७ हजार ९०० पर्ने १२५ सिसीको यामाहा कम्पनीको स्कुटर, तेस्रो हुने लमजुङकी सरिता अधिकारीलाई रु ४० हजार मूल्य बराबरको टेलिभिजन र चौथो हुने चन्द्रा खड्कालाई रु २५ हजार बराबरको फ्रिज प्रदान गरिएको थियो । विसं २०६४ देखि सञ्चालनमा रहेको कान्तिपुर मलमा करिब २०० व्यावसायिक सटर सञ्चालनमा छन् । रासस

Ad

सम्बन्धित समाचारहरु

विद्युतीय प्रणालीबाट भन्सार महसुल भुक्तानी

विद्युतीय प्रणालीबाट भन्सार महसुल भुक्तानी

काठमाडौं । भन्सार महसुलको भुक्तानी अब विद्युतीय (इपेमेन्ट) प्रणालीबाट सुरु भएको छ । बुधबार ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले भन्सार महसुलको भुक्तानी विद्युतीय (इपेमेन्ट) प्रणालीको सुरुवात हुन् । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने छन् । मन्त्री शर्माले अब घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्नेे बताए । उनले ‘नयाँ युग’को सुरुवात भएको बताए । व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’ मन्त्री शर्माले भने,‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ उनले भन्सारविन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए ।

स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१०० बजारमा, मुल्य कति ?

काठमाडौ । छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे इ–१००नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि यो कम्पनी दुई पाँग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीको उत्पादनको लागि प्रख्यात छ ।

Ad

प्रतिक्रिया दिनुहोस