Namaste Icon

नाडाकाे नयाँ नेतृत्वका लागि करण चाैधरीकाे प्यानल घाेषणा

नाडाकाे नयाँ नेतृत्वका लागि करण चाैधरीकाे प्यानल घाेषणा

काठमाडौं । नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालकाे नयाँ नेतृत्वका लागि करण चाैधरीले प्यानल घाेषणा गरेका छन् । चाैधरीकाे अध्यक्षतामा १८ सदस्यीय प्यानल घाेषणा गरिएकाे हाे । चाैधरीकाे टिममा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्याेती, मिलनबाबु मल्ल, निलमणी पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्याैपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गाेपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।

प्यानल घाेषणा कार्यक्रममा अध्यक्षका प्रयासी करण चाैधरीले अटाे माेबाइलकाे सबै क्षेत्रलाई समेटेर टिम बनाएकाे बताए । अटाे माेबाइल क्षेत्रकाे समग्र हितका लागि आफू र आफ्नाे टिमले काम गर्ने भन्दै उनले नाडामा सहमतिबाटै टिम छानियाेस् भन्ने चाहेकाे बताए । आफू भाेट हाल्नु केही क्षण अगाडिसम्म पनि सहमतिका लागि प्रयास जारी राख्ने उनले बताए । उनले आफ्नाे टिम उद्योगीमुखी भएकाे पनि बताए ।

'चुनावनै गर्नुपर्ने अवस्था आए पनि हाम्राे टिमकाे जित सुनिश्चित छ । तर, पनि हामी सहमतिका साथ अगाडि बढ्नु संस्थाकाे हित हुनेछ भन्ने हाम्राे चाहना हाे,' उनले भने । आफ्नाे समूहमा अनुभव र जाेशकाे उत्तम समिश्रण रहेकाे भन्दै उनले साेही कारण अनुकुलता र प्रतिकुलतामा अटाेमाेबाइल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दै अगाडि बढ्न सक्षम रहेकाे बताए ।

प्यानल घाेषणामा चाैधरी प्यानलमा रहेका सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले पनि सहमतिकाे प्रयास गरिरहेकाे बताए । संस्थालाई बलियाे, सुदृढ बनाउन पनि सहमति आवश्यक रहेकाे भन्दै उनले सहमति नभएमा प्रजातान्त्रिक रूपमा चुनावमा जानैपर्ने र जित पनि यही समूहकाे हुने दाबी गरे । नाडाकाे नयाँ नेतृत्वका लागि ध्रुब थापाले पनि बिहीबार प्यानल घाेषणा गर्दैछन् । नाडाकाे नयाँ कार्यसमितिकाे निर्वाचन मंसिर २३ गते काठमाडौंमा हुनेछ ।

Ad

सम्बन्धित समाचारहरु

विद्युतीय प्रणालीबाट भन्सार महसुल भुक्तानी

विद्युतीय प्रणालीबाट भन्सार महसुल भुक्तानी

काठमाडौं । भन्सार महसुलको भुक्तानी अब विद्युतीय (इपेमेन्ट) प्रणालीबाट सुरु भएको छ । बुधबार ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले भन्सार महसुलको भुक्तानी विद्युतीय (इपेमेन्ट) प्रणालीको सुरुवात हुन् । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने छन् । मन्त्री शर्माले अब घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्नेे बताए । उनले ‘नयाँ युग’को सुरुवात भएको बताए । व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’ मन्त्री शर्माले भने,‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ उनले भन्सारविन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए ।

स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१०० बजारमा, मुल्य कति ?

काठमाडौ । छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे इ–१००नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि यो कम्पनी दुई पाँग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीको उत्पादनको लागि प्रख्यात छ ।

Ad

प्रतिक्रिया दिनुहोस