Namaste Icon

विक्की–कट्रिनाको विवाहका अतिथिका लागि 'टाइगर सफारी’ सफारीको व्यवस्था

विक्की–कट्रिनाको विवाहका अतिथिका लागि 'टाइगर सफारी’ सफारीको व्यवस्था

मुम्बई । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाहमा सहभागी आगन्तुकले ‘टाइगर सफारी’ गर्न पाउने भएका छन् । उनीहरूको विवाहको मिति नजिकिँदै गर्दा यस्तो रोचक कुरा बाहिरिएको हो । समाचारानुसार विवाह समाराहेमा सहभागी हुने अतिथिहरूका लागि विक्की र कट्रिनाले रणथन्बोर राष्ट्रिय निकुञ्जमा विशेष टाइगर सफारीको व्यवस्था गरेका हुन् ।

उनीहरूले विवाह समारोहको लोकेसन गोप्य राख्न खोजे पनि यसले उनीहरूको विवाह समारोह रणथन्बोर राष्ट्रिय निकुञ्ज वरिपरि हुने खुलेको छ । नवभारत टाइम्सका अनुसार विक्की र कट्रिनाको विवाह लोकेसन रणथन्बोर राष्ट्रिय निकुञ्जभन्दा केवल ३० मिनेटको दूरीमा हुनेछ ।

विवाह समारोहमा बलिउडका चर्चित हस्तीहरूका साथै भारतका प्रधानमन्त्रीलाई पनि आमन्त्रण गरिएको खबर छ । विवाहपश्चात् उनीहरू जुहूमा भएको नयाँ घरमा बसाइँ सर्नेछन् । समाचारानुसार उनीहरूको विवाह समारोह यही डिसेम्बरमा हुँदै छ ।

 

Ad

सम्बन्धित समाचारहरु

बैंकर सुरज नाम्बियारसँग  बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय

काठमाडाैं । बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिएकी छिन् । उनले इन्भेष्मेन्ट बैंकर सुरज नाम्बियारसँग प्रेमविवाह गरेकी हुन् । दुवैले आज गोवामा परिवार, साथी र कलाकारहरुमाझ मलयाली परम्परामा लगनगाँठो कसेका हुन् । कलाकार अर्जुन बिजलानीले मौनीको बिहेको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । अर्जुन मौलीको प्रि-वेडिङ सेरेमोनीदेखि नै गोवामा छन् । मौनी र सूरजको प्रि-वेडिङ सेरेमोनी पनि गोवामा भएको थियो ।

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको आइटम गीत यति बेला युट्युबको ट्रेन्डिङ ३ मा आएको छ । स्वस्तिमाको अभिनय रहेको दक्षिण भारतीय चलचित्र ‘थिरीमाली’को आइटम गीत ट्रेन्डिङमा परेको हो । गएको शनिबार रिलिज भएको ‘रंग बिरंगी’ शीर्षकको आइटम गीत बुधबार ट्रेन्डिङ ३ मा आइसकेको छ । ट्रेन्डिङ ४ बाट ३ मा उक्लिएको गीतको भिडियोलाई १८ लाख ४९ हजार ३५० भन्दा बढीपटक हेरिइसकेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस