Namaste Icon

बागमतीमा भीमसेनदास प्रधान र जगदीशनरसिंहकाे प्रतिस्पर्धा हुने

बागमतीमा भीमसेनदास प्रधान र जगदीशनरसिंहकाे  प्रतिस्पर्धा हुने

काठमाडाैं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधान र जगदीशनरसिंह केसीबीच प्रतिस्पर्धा हुने भएको छ । बागमतीमा प्रधान र केसी प्रदेश सभापतिका लागि उम्मेदवार बन्ने भएका छन् । प्रधान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट उम्मेदवार बन्न लागेका हुन् ।

त्यस्तै, केसी संस्थापन इतर पक्षबाट प्रदेश सभापतिमा लड्ने भएका छन्। उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा र अर्जुननरसिंह केसीको समर्थन छ । उनी नुवाकोट कांग्रेसका पूर्वसभापति हुन् ।

पूर्व रक्षामन्त्री प्रधान संविधान सभा सदस्य हुन् । सांसद प्रधान प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं ६ बाट निर्वाचित भएका थिए । जनसंख्या र महाधिवेशन प्रतिनिधिको संख्याको हिसाबले बागमती प्रदेशको चुनावलाई कांग्रेसभित्र महत्वका साथ हेरिएको छ । सातै प्रदेशमा बिहीबार कांग्रेसको प्रदेश अधिवेशन शुरू भएको छ । तीन दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Ad

सम्बन्धित समाचारहरु

एमाले ललितपुरका पूर्वउपाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अब यस्ताे हुनेछ, राष्ट्रियसभाकाे अंकगणित(सूचीसहित)

काठमाडौं । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस