Namaste Icon

प्रभु साहमाथि प्रचण्डले गरे यस्ताे कटाक्ष

प्रभु साहमाथि प्रचण्डले गरे यस्ताे कटाक्ष

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई छाडेका नेता प्रभु साहमाथि फेरि कटाक्ष गरेका छन् । रौतहट जिल्लाबाट आएकालाई बिहीबार पेरिस डाँडामा पार्टीमा प्रवेश गराउने क्रममा उनले यस्तो भनेका हुन् । 'पहिले त ओली गुटकै मान्छे थिए, तिनको प्राकृतिक स्वरुप त ओलीकै थियो', साहप्रति लक्षित गर्दै उनले भने, 'बीचमा सच्चिँन्छु भनेर माओवादीमै आए । तर कुकुरको पुच्छर बांगाको बाङ्ग्यै भने जस्तै उनी फेरि केपी गुटमै गए ।' प्रदेश २ माओवादीका प्रभावशाली नेता साह २०७७ फागुन २३ पछि एमालेमा आएका थिए । उनी एमालेको चौधौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पनि निर्वाचित भइसकेका छन् ।

पेरिसडाँडामा आयोजित प्रदेश-२ का नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिलेको उपलब्धि सानो प्रयासले भएको होइन । जनताको बाँकी रहेको हक अधिकारलाई प्राप्त गर्न संविधान संशोधन र परिमार्जनको गछौँ ।’ उनले देशका सबैलाई समेट्नका लागि प्रधानमन्त्री हुँदा दुईपटक संशोधनको प्रस्ताव गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले रोकेका आरोप लगाए ।

प्रचण्डले भने, ‘मैले पहिले नै संविधान संशोधनको प्रस्ताव अघि सारेको थिएँ । संघीयता विरोधीहरूले संशोधन गर्न रोक लगाउने एमाले नेता केपी ओली नै हो । जुन उपलब्धि प्राप्त गर्न माओवादीले हजारौँको बलिदान खेल्यो । उसैलाई संघीयता विरोधी भएको भन्ने भ्रम छरियो ।’ ओली गुट मधेश, समावेश र संघीयता विरोधी भएको उनको दाबी छ। संविधान रक्षा गर्नको लागि माओवादी बलियो हुनुको विकल्प नभएको जिकिर गरे ।

प्रचण्डले भने, ‘माओवादी कमजोर भयो भने देश र परिवर्तन र उपलब्धि बच्छ । माओवादी कमजोर भयो भने संविधान मिच्ने च्यात्ने, गणतन्त्र नै उल्टाउन खोज्नेहरू सक्रिय हुन्छन्। राष्टिय एकताको रक्षाको लागि माओवादीलाई बलियो बनाउनुको कुनै विकल्प छैन । माओवादी बलियो भएन भने जनता कमजोर हुन्छन् । राष्ट्र कमजोर हुन्छ।‘ अहिले माओवादीकै एजेन्डाअनुसार देश अघि बढेको दाबी गरे ।


अध्यक्ष प्रचण्डले अहिले केही नेताहरूले बिग्रिएका तर जनता र कार्यकर्ता विल्कुल ठिक रहेको पनि बताए। बिग्रिएका नेताहरूले सुध्रिने संकल्प गर्ने समयसमेत आइसकेको उनको भनाइ थियो । उनले नेताहरूप्रति असन्तुष्टि जनाउँदै भने, ‘हामी जनताभन्दा काठमाडौंमा नेताहरूतिर लागियो केही त्रुटि भयो । अब त्यो सच्याउने संकल्प गरेका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न लाग्छौँ । नेताहरू बिग्रिएका हुन् । जनता र कार्यकर्ता बिग्रिएका छैनन् ।’ कार्यक्रममा उनले आफ्ना नेता कार्यकर्तालाई कसैले भ्रम छरेर झुटो प्रचार र अनेक आरोप लगाएमा आफूहरू चुप नबस्नेसमेत चेतावनी दिए ।

 

Ad

सम्बन्धित समाचारहरु

एमाले ललितपुरका पूर्वउपाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अब यस्ताे हुनेछ, राष्ट्रियसभाकाे अंकगणित(सूचीसहित)

काठमाडौं । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस