Namaste Icon

एमालेको केपी ओली गुटका कारण संविधान संशोधन हुन सकेन : अध्यक्ष दाहाल

एमालेको केपी ओली गुटका कारण संविधान संशोधन हुन सकेन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप लगाएका छन् । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सबै जनताको समान अधिकारका लागि आफूले दुई पटक संविधान संशोधन प्रस्ताव अघि बढाएपनि एमालेको केपी ओली गुटका कारण सफल हुन नसकेको आरोप लगाएका हुन् ।

उनले अहिले पनि एमालेको केपी गुट मधेश, महिला, जनजातीलगायत मुलुकको परिवर्तनको विरोधी भएको टिप्पणी गरे । प्रचण्डले परिवर्तनलाई रक्षा गर्दै जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको बिकल्प नरहेको पनि बताए ।

यसअघि पनि आफूहरुले प्रतिगमनलाई असफ बनाएको र परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालुवाटारबाट निकालेर बालकोट पु¥याएको भन्दै प्रचण्डले जस्तोसुकै मूल्य चुकाएर भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाए ।

प्रचण्डले अब पार्टीलाई केन्द्रदेखि स्थानीय तहसम्म बलियो बनाउदै लैजाने बताए । अहिले पार्टीको झण्डै ८ लाख क्रियाशील सदस्य पुगेको र छिटै १० लाख पुग्ने उनको भनाइ छ ।

Ad

सम्बन्धित समाचारहरु

एमाले ललितपुरका पूर्वउपाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अब यस्ताे हुनेछ, राष्ट्रियसभाकाे अंकगणित(सूचीसहित)

काठमाडौं । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस