Namaste Icon

राप्रपाको अध्यक्षमा उम्मेदवार बन्न १ लाख शुल्क

राप्रपाको अध्यक्षमा उम्मेदवार बन्न १ लाख शुल्क

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय अध्यक्षको उम्मेदवार बन्नका लागि एक लाख रुपैयाँ शुल्क तोकेको छ। बुधबारदेखि संघीय राजधानी काठमाडौंमा सुरु भएको एकता महाधिवेशन १७ गते (शुक्रबार) सकिँदै छ। भृकुटी मण्डपमा जारी महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बन्नका लागि शुल्क तोकिको छ । उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।

महाधिवेशनमा करिब ४२ सय प्रतिनिधि सहभागी रहेको पार्टीले जानकारी दिएको छ। उनीहरूले एक अध्यक्ष, महिलासहित तीन उपाध्यक्ष, महिलासहित तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, एक कोषाध्यक्ष, सहायक कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता छान्ने छन् ।

महाधिवेशनबाट १४९ जनाको केन्द्रीय समिति चयन हुनेछ । अध्यक्षले बाँकी ५० केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था विधानमा छ । केन्द्रीय समिति १९९ जनाको हुनेछ । अहिले चलिरहेको बन्दसत्रमा उम्मेदवारी दर्ता सुरु भएको प्रचारप्रचार समितिका संयोजक मोहन श्रेष्ठले बताए ।

Ad

सम्बन्धित समाचारहरु

२४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिँदै मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार २१९ जना निको भएका छन् ।

काे हुन् एमालेलाई क्लिन स्वीपबाट जोगाउने शेर्पा ?

काे हुन् एमालेलाई क्लिन स्वीपबाट जोगाउने शेर्पा ?

काठमाडौं । सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा राष्ट्रियसभाका १९ सिटका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनको ‘क्लीन स्वीप’ रोक्ने एक्ला उम्मेदवार बनेका छन् । नेकपा एमालेका उम्मेवार शेर्पा ४,७७० मतसहित अल्पसंख्यकतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उम्मेवारी दर्ता गर्दासम्म धेरैले उनको जितको कल्पना गरेका थिएनन् । गेल्जेन आफैं पनि भन्छन्, ‘राजनीति प्रतिस्पर्धा हो, एक भोट आए पनि लड्छु भन्ने थियो ।’ सम्भावना नै नभएका मान्छे पनि चुनावी प्रतिस्पर्धामा उत्रिने गरेको बताउँदै उनी भन्छन्, ‘तर म त प्रबल दाबेदार हुँ थिएँ नि, नतिजा मेरै पक्षमा आउँछ भन्ने पनि लागेको थियो ।’

Ad

प्रतिक्रिया दिनुहोस