Namaste Icon

राष्ट्रिय जनमोर्चा भुमिकास्थानकी सक्रिय सदस्य पूर्णकला खनालको शोक सभा सम्पन्न

राष्ट्रिय जनमोर्चा भुमिकास्थानकी सक्रिय सदस्य पूर्णकला खनालको शोक सभा सम्पन्न

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँची भुमिकास्थान नगरपालिका वार्ड न १ की सक्रिय सदस्य तथा अखिल नेपाल महिला संघकी सल्लाहकार स्वर्गीय पूर्णकला खनालको १२औं दिनको पुण्य तिथिमा शोक शभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ को आयोजनामा बिहिबार उनकै निवासमा शोक सभा सम्पन्न गरिएको हो । सो अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले स्वर्गीय खनालको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताए ।

नेता केसीले स्वर्गीय खनालले पार्टी प्रती पुर्याएको योगदानको उच्च सम्मान गर्दै उनले देखाएको बाटोमा हिडन सकेमा मात्रै खनालप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । शोक शभामा अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य कृष्ण खनालले शोक मन्तव्य राख्दै स्वर्गीय पूर्णकला खनालले देखाएको बाटोको अनुसरण गर्दै आम युवाहरूलाई एकजुट हुन आग्रह गरे ।

शोक शभामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनाल, अखिल नेपाल शिक्षक संघका भुमिकास्थान नगर सचिव रामप्रसाद खनाल, भुमिकास्थान नगरपालिका १ का वडा सदस्य गोपाल नेपाली, चमकला नेपाली लगायतको उपस्तिथि रहेको थियो । स्वर्गीय पुर्णकला खनालको यहि मङ्सिर ५ गते आइतबार साझ ७५ वर्षको उमेरमा निधन भएको थियो । कार्यक्रम स्वर्गीय पुर्णकला खनालका जेष्ठ छोरा प्रेमनारायण खनालको अध्यक्षता र भोजराज खनालको संचालनमा सम्पन्न भएको हो । स्वर्गीय खनालका पाँच भाइ छोराहरू तीन बहिनी छोरी बुहारी ज्वाइँ र नातिनातिना छन् ।

Ad

सम्बन्धित समाचारहरु

बैतडी बस दुर्घटनामा घाइते ८ जनाकाे परिचय खुल्यो (नामसहित)

बैतडी । बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ। पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्धमा सुर्खेतमा अनेरास्ववियुको आन्दोलन

खगेन्द्र हमाल, सुर्खेत । अनेरास्ववियू मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत विद्यार्थीले आज वीरेन्द्रनगरमा टर्च बालेर आन्दोलन गरेका छन् । गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको र स्थानिय चुनाव सार्न खोजेको भन्दै अनेरास्ववियुले आन्दोलन गरेको अनेरास्ववियु केन्द्रीय समिति सदस्य तथा कर्णाली प्रदेश सचिव धुपेन्द्र शाहीले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस