Namaste Icon

अन्तर्राष्ट्रिय महिला रेस्लिङ काठमाडौंमा, नेपालकी अस्मिता अमेरिकी पोलान्कोसँग भिड्दै

अन्तर्राष्ट्रिय महिला रेस्लिङ काठमाडौंमा, नेपालकी अस्मिता अमेरिकी पोलान्कोसँग भिड्दै

काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेशनको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय महिला रेस्लिङ प्रतियोगिता हुँदैछ । प्रतियोगितामा पाँच देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । भृकुटिमण्डपस्थित गार्डेनमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक फाउन्डेशनले जनाएको छ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, जापान र अमेरिकाका खेलाडीहरूको सहभागिता हुने भएको छ । नेपाली महिला रेस्लरमध्ये सबैभन्दा चर्चित हुन् अस्मिता जुरेली । उनी अमेरिकी रेस्लरसँग भिड्दैछिन् ।

बाहिरबाट आउने खेलाडीहरु भने बिहीबार साँझसम्म नेपाल आइपुग्नेछन् । जापानबाट आउने खेलाडीको टुंगो भने बेलुका मात्रै लाग्ने रेस्लर जुरेलीले जानकारी दिइन् । ‘खेलको सबै तयारी पूरा भइसकेको छ । आजै खेलाडीहरू आउँदैछन् । हामी स्वागतका लागि एयरपोर्ट जाँदैछौं’, उनी भन्छिन्, ‘कोरोनाका कारण जापानबाट आउने खेलाडीबारे अहिलेसम्म टुंगो लागेको छैन । सायद भोलिसम्म आइपुग्छन् होला ।’

अमेरिकी उदाउँदी महिला रेस्लर पोलान्को नेफ्रेटिरीसँग अस्मिताको खेल हुने भएको छ । यि दुईबीचको खेल दोस्रो हुनेछ । यस्तै, पाकिस्तानी खेलाडी कोभु ब्रान्डसँग नोली रेस्लर कुमार थापा (नेपाली ब्रो) भिड्दैछन् । कूल १५ जना खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताका विजेताले बेल्ड पुरस्कार पाउनेछन् । त्यस्तै भारतीय खेलाडी गोपाल शर्मासँग पाकिस्तानी जोर्डन हु¥र र नेपाली महिला खेलाडीहरु स्नेहा थापा मगर, जमुना तामाङ, गिता जिरेल, मनिषा रानाभाट, सपना तामाङलगायत अन्य खेलाडीहरुसहित अन्तर्राष्ट्रिय रेस्लिङ भिडन्त हुने छ । खेल दिउँसो १२ बजे देखि ५ बजेसम्म हुनेछ ।

Ad

सम्बन्धित समाचारहरु

रशिला महर्जन सातौं वरीयतामा

रशिला  महर्जन  सातौं वरीयतामा

काठमाडौं । राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै सार्वजनिक गरेको विश्व बरियतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकलतर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् ।

राष्ट्रिय महिला लिग स्थगित

राष्ट्रिय महिला लिग स्थगित

काठमाडौं । यही माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक सूचना सार्वजनिक गर्दै महिला लिग स्थगित भएको जनाएको छ । एन्फाले यसअघि कार्यसमितिको बैठकबाट महिला राष्ट्रिय लिग उपयुक्त स्थनमा माघ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । तर कोभिड १९ को कारण अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गरिएको एन्फाले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस