Namaste Icon

माधव नेपालले पदको लागि पार्टी फुटाएका हुन् : नेतृ मञ्जु चौधरी

माधव नेपालले पदको लागि पार्टी फुटाएका हुन् :  नेतृ मञ्जु चौधरी

काठमाडौं । नेकपा एमालेकी नव निर्वाचित केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मञ्जु चौधरीले एमाले छोडेर केहि नेता कार्यकर्तामात्र माधव नेपालसँग गएकोले एमाललेलाई चुनावमा खासै असर नपर्ने बताइकी छन् । दर्पण दैनिकसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

पदको लागि मरिमेट्ने केहि नेता कार्यकर्ताहरु माधव नेपालको पछि लागे पनि जनमत एमालेकै पक्ष रहेको उनले बताइन । आगामी चुनावमा एमालेलाई बहुमत ल्याउनमा कुनै तागतले रोक्न नसक्ने उनको दावी छ ।

रामकुमारी झाक्रीहरुले चर्को भाषण गर्दैमा संगठन विस्तार नहुने भन्दै एमालेको जस्तो संगठन भएको पार्टी अरु नभएको उनले बताइन । उनले भनिन, ‘ओली जतिको अडान भएको राजनेता संसारमै छैन । माधव नेपालले पदको लागि पार्टी फुटाएका हुन् । माधव नेपालको अबैध पार्टी कम्युनिस्ट आन्दोलन कै कंलक हो ’  माधव नेपालसँग जाने सम्पूर्ण नेता तथा कार्यकता हरूलाई एमालेमा आएर राजनीति भविष्य सुनिश्चित गर्न उनको अपील छ ।

Ad

सम्बन्धित समाचारहरु

एमाले ललितपुरका पूर्वउपाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अब यस्ताे हुनेछ, राष्ट्रियसभाकाे अंकगणित(सूचीसहित)

काठमाडौं । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस