Namaste Icon

केन्द्रीय सदस्यमा मेराे उम्मेदवारी किन ?

केन्द्रीय सदस्यमा मेराे उम्मेदवारी किन ?
शंकर भण्डारी, कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएको छु ।

मेराे उम्मेदवारी किन ?
१. नेपाली कांग्रेस पार्टीको संगठन वडादेखि केन्द्र तहसम्म मजबुत बनाउन ।
२. बामपन्थी अधिनायकवादको जोखिमबाट मुलुकलाई मुक्त राख्दै प्रजातन्त्रको सुदृढीकरण गर्न ।
३. नेपाली कांग्रेसलाई बामपन्थीहरुको प्रहारबाट बचाउन ।
४. नेपाली कांग्रेसका कार्यकर्तालाई उपयुक्त राजनीतिक संरक्षण प्रदान गर्न ।
५. पार्टी, भातृ संस्था तथा शुभेच्छुक संस्थामा जुझारु कार्यकर्ताको संख्या बढाउन तथा युवाहरुलाई नेपाली कांगे्रसमा भित्र्याउन ।
६. कार्यकर्ताको दुखमा साथ दिने लोकप्रिय नेतृत्वलाई स्थापित गर्न ।
७. वैदिक सनातन हिन्दू धर्म संस्कृतिको जगेर्ना गरी हिन्दूू राष्ट्र स्थापनाको एजेण्डालाई सशक्त ढंगले उजागर गर्न ।
८. नेपालको गौरवपूर्ण इतिहासको संरक्षण तथा संवद्र्धन गर्न ।
९. नेपाली काग्रेसमा योगदान गर्ने अग्रजहरुको सम्मान गर्न ।
१०. सहिद परिवार, जनआन्दोलनका घाइते तथा पीडितहरुलाई सम्मान, राहत तथा संरक्षण प्रदान गर्न ।
११. स्थानीय तह ,प्रदेश र सङ्घीय संसदमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउन ।
१२. पछाडि पारिएका वर्ग समुदायलाई मूलप्रवाहमा ल्याउन ।
१३. गरिब, मजदुर, अशक्त, अपांगता भएका व्यक्ति तथा अल्पसङ्ख्यकको संरक्षण गर्न ।
१४. युवाहरुलाई अवसर प्रदान गरी बेरोजगारी समस्याको समाधान गर्न ।
१५. बढ्दो प्रतिभा पलायन रोक्न तथा विदेशमा रहेका नागरिकको अधिकार रक्षा गर्न ।
१६. विकासलाई अभियानको रुपमा अघि बढाउन ।
१७. मुलुकमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्न ।
१८. पार्टीका नेता तथा कार्यकर्तालाई स्वाबलम्बी बनाउन
१९. अल्पसङ्ख्यक नागरिकको अधिकार संरक्षण गर्न ।
२०. महिला सशक्तिकरण तथा सहभागिता वृद्धि गर्न ।
२१. सुकुम्वासी समस्या समाधान गर्न ।
२२. अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ तथा सबल बनाउन ।


युवाका सवालमा
१. युवा रोजगारीका लागि सीप, पुँजी र प्रविधि सहज र सुलभ रुपमा उपलब्ध हुने व्यवस्था मिलाउने ।
२. स्वदेशमा नै रोजगारी तथा स्वरोजगारी प्राप्त हुने सुनिश्चितता प्रदान गर्ने गरी राष्ट्रिय रोजगारीका कार्यक्रम सञ्चालन गर्ने ।
३. सबै युवालाई इच्छाबमोजिमको उद्यमशीलता तालिम तथा व्यवसायिक सीप प्रदान गर्ने ।
४. आर्थिक रुपले स्वाबलम्बी युवालाई मात्र राजनीतिमा लाग्न अभिप्रेरित गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने ।
५. विश्वविद्यालयको शिक्षालाई अनुसन्धानमुखी, जीवन उपयोगी तथा आधुनिक प्रविधियुक्त बनाउने ।
६ं वैदेशिक रोजगारीमा रहेका युवाको संरक्षण तथा गैरआवासीय नेपाली युवालाई मुलुकमा लगानीको वातावरण प्रदान गर्ने ।


महिला तथा बालबालिकाका सवालमा
१. महिलालाई आर्थिक रुपले आत्मनिर्भर तथा सामाजिक रुपले सशक्त र सम्मानित बनाउन महिलामैत्री नीति तथा कानुन तर्जुमा गर्ने ।
२. महिलाका लागि निःशुल्क र अनिवार्य शिक्षा, निःशुल्क स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्ने ।
३. सबै प्रकारका महिला हिंसा अन्त्यको लागि अभियान सञ्चालन गर्ने ।
४. मातृ स्वास्थ्य, बाल स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति गर्ने ।
५. बालबालिकाको उचित लालनपालन तथा शिक्षादिक्षाको प्रबन्ध गर्ने ।
६. बालमैत्री शासन पद्धति अवलम्बन गर्ने ।
७. नीति निर्माण तहमा महिला सहभागिता ५१ प्रतिशत पु¥याउने ।


दलित तथा जनजातिका सवालमा
१. सबै प्रकारका जातिय विभेदको अन्त्य गरी सामजिक न्याय सहितको समतामूलक समाजको स्थापना गर्ने ।
२. दलितहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा विशेष आरक्षण प्रदान गरी मूलप्रवाहीकरण गर्ने ।
३ दलितहरुको परम्परागत पेशाको संरक्षण तथा स्तरोन्नतिमा राज्यले सहयोग गर्ने ।
४. जनजातिको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन गर्ने ।
५. जनजातिलाई राज्यका विभिन्न क्षेत्रमा विशेष अवसर तथा आरक्षण प्रदान गर्ने ।
६. प्राकृतिक स्रोत साधनमा जनजातिको अग्राधिकार स्थापित गर्ने ।
६. नेपाल एकीकरण अभियानमा दलित जनजातिले पु¥याएको योगदानको उचित मूल्यांकन गर्ने ।


गरिब, पिछडिएको वर्ग, अल्पसङख्यक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सुकुम्बासीका सवालमा
१. सामाजिक सुरक्षाका कार्यक्रममार्फत समस्यामा रहेका नागरिकलाई संरक्षण प्रदान गर्ने ।
२ गरिबी निवारणका कार्यक्रम प्रभावकारी रुपमा देशव्यापी सञ्चालन गर्ने ।
३. ज्येष्ठ नागरिकको सुरक्षा, पालपोषणमा राज्यले सुनिश्चितता प्रदान गर्नेे तथा उनीहरुको ज्ञान र अनुभवलाई राज्य निर्माणमा उपयोग गर्ने ।
४. अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानका साथ आत्मनिर्भर भएर बाँच्न आवश्यक पर्ने सबै प्रकारका सहयोग उपलब्ध गराउने ।
५. देशभित्र कोही पनि सुकुम्बासी नरहने अवस्थाको सुनिश्चितता गर्ने ।
६. अल्पसङख्यकलाई राज्यले सबै क्षेत्रमा संरक्षण प्रदान गरी सम्मानजनक जीवनयापनको वातावरण तयार पार्ने ।
७. पिछडिएको वर्ग पहिचान गरी मूलप्रवाहीकरण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने ।


राष्ट्रियताका सवालमा
१. सबै जातजाति, भाषाभाषी र सम्प्रदायका बीचमा एकता तथा सद्भावकायम गरी राष्ट्रियता मजब्द बनाउने ।
२. नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्रको रुपमा स्थापित गरी देशमा शान्ति र स्थिरता ल्याउने तथा मुलुकको अन्तर्राष्ट्रिय गरिमा बढाउने ।
३. नेपालको परराष्ट्र नीति दूरगामी तथा राष्ट्रिय हितमा केन्द्रित गर्ने ।
४. आर्थिक समृद्धिका माध्यमबाट मुलुकको गरिमा वृद्धि गर्ने ।

Ad

सम्बन्धित समाचारहरु

विजयकुमार गच्छदारको राजनीतिक यात्रा ओरालो  तर्फ

रामप्रसाद रिजाल । कांग्रेस नेता विजयकुमार गच्छदारको राजनीतिक यात्रा ओरालो  तर्फ उन्मुख भएको छ । ४० वर्षयता नेपालको राजनीतिक दाउपेचमा सक्रिय गच्छदार कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदका उम्मेद्वार थिए । शेरबहादुर प्यानलबाट उठेका उनलाई शेखर कोइराला प्यानलका धनराज गुरुङले मात्र २ मतले उछिन्दा कांग्रेसमा उनको राजनीति ओरालो तर्फ उन्मुख भयो ।

Ad

प्रतिक्रिया दिनुहोस