Namaste Icon

केन्टुकीमा आँधीका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १०० पुग्यो

केन्टुकीमा आँधीका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १०० पुग्यो

न्युयोर्क । अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा मृत्यु हुनेको संख्या १०० पुगेको छ । आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको छ । आँधीबाट अहिलेसम्म दर्जनौंको उद्दार गरिएको छ । आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ ।

आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् । केन्टकीमा आपतकाल घोषणा गरिएको छ । स्थानीय समय अनुसार शनिबार बिहानै सुरू भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको उनले सञ्चारकर्मीहरूलाई बताएका थिए ।

गभर्नर एन्डी बेसरले भने, 'केन्टकीका धेरै काउन्टीहरू राज्यबाट ३०० किलोमिटरकाभन्दा बढी क्षेत्रमा फैलिएको आँधीबेहरीका कारण तहसनहस भएका छन् । थप विवरणहरू आउने क्रम जारी रहेकोले क्षतिको एकीन विवरण आउन अझै केही समय लाग्ने देखिएको छ ।'

Ad

सम्बन्धित समाचारहरु

सहारा मरुभूमिमा हिमपात

सहारा मरुभूमिमा हिमपात

काठमाडौं । सहारा मरुभूमिमा हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको बीबीसीले जनाएको छ । यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो । त्यतिबेला आश्चर्यजनक मानिएको थियो । तर त्यसयता सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिमपात भएको थियो ।

अभिनेत्री इस्लामकाे निर्ममतापूर्वक हत्या, बोरामा भेटियो शव

काठमाडौं । केही दिनअघि बेपत्ता भएकी बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमु मृत अवस्थामा फेला परेकी छन् । उनको शव ढाकाको केरानीगञ्जस्थित पुल नजिकै बोरामा फेला परेको थियो । प्रहरी अनुसन्धानमा सो क्षेत्रका स्थानीयवासीले सोमबार कदमटोली क्षेत्रको अलिपुर पुल नजिकै अभिनेत्रीको शव देखेपछि प्रहरी चौकीमा खबर गरेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस