Namaste Icon

अब देशका सबै वडामा नेपाल टेलिकमको इन्टरनेट

अब देशका सबै वडामा नेपाल टेलिकमको इन्टरनेट

काठमाडौं । नेपाल टेलिकमले देशका सबै स्थानीय तहहरु र अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य कार्यालयहरु, सामुदायिक विद्यालयहरु र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयहरुमा नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल टेलिकमबीच आज सम्पन्न भएको सम्झौता अनुसार टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट सहसचिव डा. गोपीकृष्ण खनाल र कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने सम्बन्धमा माग संकलन तथा कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तह र नेपाल टेलिकमसँग आवश्यक सहजीकरण तथा समन्वय गर्नेछ । त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणमा रहेको ग्रामीण दूरसञ्चार कोष प्रयोग गरी नेपाल टेलिकममार्फत सञ्चालित परियोजना कार्यान्वयनमा मन्त्रालयले नेपाल टेलिकम र स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्नेछ । साथै मन्त्रालयले सेवा विस्तारको लागि स्थानीय तहमार्फत आवश्यक पर्ने च्ष्नजत या ध्बथ उपलब्ध गराउन सहजीकरण गरिदिने छ ।

सम्झौता अनुसार नेपाल टेलिकमले सबै स्थानीय तहहरु र अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य कार्यालयहरु, सामुदायिक विद्यालयहरु र अन्य सरकारी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउन मन्त्रालयको समन्वयमा योजना तर्जुमा तथा कार्यान्वयन गर्नेछ । स्थानीय तहको वेबसाइट तथा अनलाइन सेवाको लागि प्रयोग हुने वेब बेस्ड एप्लिकेसन (Web Based Application) को लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने छ ।

यसका लागि कम्पनीले विभिन्न प्याकेजको व्यवस्था गर्नेछ भने ग्रामीण सूचना केन्द्रहरुको स्थापना, हार्डवेयर तथा सफ्टवेयरको व्यवस्था र डिजिटल नेपालको अभियानलाई संस्थागत गर्न र विभिन्न सेवा विस्तारको लागि पूर्वाधार विकास एवं विस्तार गर्न आवश्यक सहकार्य गर्नेछ । त्यसैगरी हाल भीस्याटमार्फत भ्वाइस सेवा मात्र उपलब्ध भइरहेका अति दुर्गम स्थानमा दूरसञ्चार सेवा प्रदायकहरु समेतको सहकार्यमा मोबाइल ब्रोडब्याण्ड सर्भिस लगायतका सेवा सञ्चालन गर्ने गराउने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

 

Ad

सम्बन्धित समाचारहरु

नेपालमा आजदेखि भिभोको भी२३ईकाे बिक्री शुरु, यस्ताे छ मुल्य

काठमाडाैं । भिभोले आफ्नो भी सिरिजको पछिल्लो संस्करण भी२३ई जनवरी १८ मा सार्वजनिक गरेको छ । सार्वजनिक भएयता नेपालीबजारमा उक्त स्मार्टफोन तथा त्यसमा भएको उत्कृष्ट फ्रन्ट क्यामरा फिचरका बारेमा चर्चा निकै चुलिएको छ । भिभोले उक्त स्मार्टफोन प्रि-बूकिङका लागि उपलब्ध गराइएको ४८ घण्टाभित्र १ सयभन्दा बढी सेटहरु प्रि-बूक गरिएको बताएको छ ।

4G LTE  नमस्ते वाईफाईमार्फत द्रुत गतिको डाटा तथा भ्वाइस सेवा

काठमाडौं । एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले 4G LTE नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले 4G LTE नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता सम्पन्न भएको छ । हिजो (२०७८ माघ ५ गते) सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरे ।

Ad

प्रतिक्रिया दिनुहोस