Namaste Icon

टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक

टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक

काठमाडौं । नेपाल टेलिकमले सजिलो अनलिमिटेड पोस्टपेड प्याक लोकप्रिय बनिरहेको जनाएको छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ । त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिने पनि टेलिकमले जनाएको छ ।

‘सजिलो अनलिमिटेड प्याक’ अन्तर्गत पोस्टपेडमा ५९९, ७९९, ९९९ र १४९९ रुपैयाँका प्याकहरू उपलब्ध रहेको टेलिकमले जनाएको छ । सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर अन्तर्गत ३० दिनसम्म चलाउन मिल्नेगरी ५९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुने जनाइएको छ ।

सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर अन्तर्गत जम्मा ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ । सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर अन्तर्गत जम्मा ९९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिने कम्पनीले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

नेपालमा आजदेखि भिभोको भी२३ईकाे बिक्री शुरु, यस्ताे छ मुल्य

काठमाडाैं । भिभोले आफ्नो भी सिरिजको पछिल्लो संस्करण भी२३ई जनवरी १८ मा सार्वजनिक गरेको छ । सार्वजनिक भएयता नेपालीबजारमा उक्त स्मार्टफोन तथा त्यसमा भएको उत्कृष्ट फ्रन्ट क्यामरा फिचरका बारेमा चर्चा निकै चुलिएको छ । भिभोले उक्त स्मार्टफोन प्रि-बूकिङका लागि उपलब्ध गराइएको ४८ घण्टाभित्र १ सयभन्दा बढी सेटहरु प्रि-बूक गरिएको बताएको छ ।

4G LTE  नमस्ते वाईफाईमार्फत द्रुत गतिको डाटा तथा भ्वाइस सेवा

काठमाडौं । एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले 4G LTE नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले 4G LTE नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता सम्पन्न भएको छ । हिजो (२०७८ माघ ५ गते) सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरे ।

Ad

प्रतिक्रिया दिनुहोस