Namaste Icon

‘राष्ट्रिय चित्रकला कार्यशाला’ सुरु

‘राष्ट्रिय चित्रकला कार्यशाला’ सुरु

मकवानपुर । बुधबारबाट हेटौंडामा ‘राष्ट्रिय चित्रकला कार्यशाला २०७८’ सुरु भएको छ । हेटौंडाको हर्नामाडीस्थित श्री ज्योति माध्यमिक विद्यालयमा कार्याशाल सुरु भएको हो । श्री ज्योति माध्यमिक विद्यालयले आफ्नो ५५औं विद्यालय दिवसको अवसर पारेर सुरु गरेको कार्यशाला पाँच दिनसम्म चल्नेछ । कार्यशालामा स्थानीय र राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरुको सहभागिता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले बताए ।

कार्यशालामा स्थानीय कलाकारमा लक्ष्मण भुजेल, चिरञ्जीवी श्रेष्ठ, सुजन राई, करिश्मा जोशी सहभागी छन् भने मोरङबाट कुन्तीश्री थापा, निलम भुर्तेल, नम्रता सिंह, भक्तपुरबाट भुषण दुलाल, मुना भडेल, ललितपुरबाट तारा तामाङ, पृथ्वी श्रेष्ठ, काठमाडौं राजन पन्त, नुवाकोटबाट उद्धव रिमाल, रोशन भण्डारी, रौतहटबाट राजन काफ्ले र धनकुटाबाट लिम्बु रहेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

‘रानी’ ल्याउँदै सुमन

‘रानी’ ल्याउँदै सुमन

काठमडाैं । लेखक सुमन पौडेलले पाठकमाझ ‘रानी’ उपन्यास ल्यउने तयारी गरेका छन् । लेखकले रानीलाइ नयाँ पुस्तासँग जोडेका छन् । 'रानी'मा परिवारको माया, साथीसँगको सम्बन्ध, कोही आफ्नो सगँ नजिक हुँदाको खुसी सँगै टाढा हुँदाको पीडालाइ समेटेका छन् । युवावस्थामा गरिने प्रेम अनि त्यसले समाज, परीवारमा गर्ने व्यवहार समेत प्रष्ट्याइएको छ । उपन्यास माघ ६ गते बिमोचन गरीने भएको छ ।लेखक पौडेल पोखराका व्यवसायी पनि हुन ।

नेपाली साहित्यका महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज

नेपाली साहित्यका महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज

काठमाडाैं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए ।

Ad

प्रतिक्रिया दिनुहोस