Namaste Icon

भारतका महत्वपूर्ण १०० पेशाकर्मीको सूचीमा देवयानी राणा

भारतका महत्वपूर्ण १०० पेशाकर्मीको सूचीमा देवयानी राणा

काठमाडौं । नेपालका स्वर्गीय पूर्वयुवराज दिपेन्द्रकी प्रेमिकाका रुपमा चर्चित देवयानी राणा भारतको महत्वपूर्ण १०० पेशाकर्मीको सूचीमा परेकी छन् । ‘रेपुटेसन टुडे’ नामक संस्थाले प्रकाशित गरेको सूचीमा देवयानीलाई ४६ औं स्थानमा राखिएको छ ।

नेपालका पुराना राजनीतिज्ञ पशुपतिशम्शेर राणाकी छोरीसमेत रहेकी देवायनी हाल कोकाकोला कम्पनीमा आवद्ध छन् । गत असारमा मात्रै कोकोकोलाले उनलाई भारत तथा दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार तथा दिगो विकास मामिला सम्वन्धी उपाध्यक्षमा नियुक्त गरेको थियो ।

हाल ४७ वर्षिया देवयानीले मध्य प्रदेशको राजपरिवारका सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन् । दरवार हत्याकाण्डको पाँच वर्षपछि उनीहरुको विहे भएको थियो । उनीरुका एक छोरा छन् ।

नेपालमा दरबार हत्याकाण्ड हुनुमा दिपेन्द्र र देवयानीको प्रेम सम्वन्धलाई मुख्य कारण मानिँदै आएको छ । देवयानीसँग विवाहका लागि राजपरिवारले स्वीकृति नदिएपछि दिपेन्द्रले हत्याकाण्ड मच्चाएको दरवार हत्याकाण्डसम्वन्धी प्रतिवेदनमा जनाइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

बालाजुमा ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु

बालाजुमा ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अधिवेशन हुँदै

सुर्खेत । कर्णाली प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ख्याल गर्दै माघ १८ गते भर्चूअल माध्यमबाट अधिवेशन गर्न लागिएको हो । ‘कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान’ नारा तय गरिएको अधिवेशनको तयारी तिव्र पारिएको आयोजक कमिटीका सदस्य गणेश कोइरालाले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस