Namaste Icon

मृगौला पीडित नबिन शाहद्धारा सहयोगको याचना

मृगौला पीडित नबिन शाहद्धारा सहयोगको याचना

काठमाडौं । दुबै मृगौला फेल भएका धादिङ त्रिपुरासुन्दरि गाउँपालिका– ६ का नबिन शाहले सहयोगको लागि आग्रह गरेका छन् । ५ महिनादेखि राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका २५ बर्षीय उनले आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले थप उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् । सानै उमेरमा आफना बाबु आमा समेत गुमाइसकेका शाहको उपचारमा हालसम्म ७ लाख खर्च भइसकेको उनका दाजु प्रेम शाहले जानकारी दिए।

दुबै मृगौला फेल भएकाले मृगौला प्रत्यारोपणको विकल्प नभएको र प्रत्यारोपणका लागि १५ लाख खर्च लाग्ने चिकित्सकले बताएको शाहले जानकारी दिए। ‘अहिलेसम्म ऋण लिएर नै उपचार गराइरहेका छौ, अझै १५ लाख लाग्छ भन्छन्, मैले कहाँबाट ल्याउनु’ भाईको जीवनरक्षाका लागि भौतारिरहेको छु उनले भने ‘कृपया सबैले सक्दो सहयोग गरी मेरो भाइको जीवन बचाइदिनुहोस्।’

अहिले सातामा ३ पटक डाइलासिस गर्नुपरेकाले खर्च निरन्तर बढ्दै गइरहेको उनले बताए । शाहको वीर अस्पतालमा डायलासिस गरिदै आएको छ । उनलाई सहयोग गर्न चाहनेले प्रभु बैंकमा बिरामी नबिन शाहको नाममा रहेको खाता नं. १९४०१६४३३४७०००११ मा रकम जम्मा तथा ९८६०२२४३७३ र ९८४९६१९३१० मा सम्पर्क गरी सहयोग गर्न सकिने दाजु प्रेम शाहले बताए ।

 

Ad

सम्बन्धित समाचारहरु

बालाजुमा ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु

बालाजुमा ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अधिवेशन हुँदै

सुर्खेत । कर्णाली प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ख्याल गर्दै माघ १८ गते भर्चूअल माध्यमबाट अधिवेशन गर्न लागिएको हो । ‘कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान’ नारा तय गरिएको अधिवेशनको तयारी तिव्र पारिएको आयोजक कमिटीका सदस्य गणेश कोइरालाले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस