Namaste Icon

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गरेका दुरगामी महत्त्वका कामहरू

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गरेका दुरगामी महत्त्वका कामहरू

रामप्रसाद रिजाल ।

केपी शर्मा ओली प्रधानमन्त्री हुदा गरेका दुरगामी महत्त्वका कामहरू यस प्रकार छन:

१. २०७६ बैशाख १६ गते नेपाल चीन यायायात तथा पारवाहन समझौताको प्रोटोकलमा ओलीको पालामा हस्ताक्षर भयो ।

२. २०७७ जेठ ७ गते नेपाल को लामो नक्सामा कालोपानी सहित संगको भू - भाग थपेर चुच्चे नक्सा ओलीले सार्वजनिक गरे ।

३. तेस्रो देश संग हुने व्यापार को लागि नेपाल माथिको भारत को निर्भरता ओलीले नै हटाए ।

४. २०६५ सालमा प्रचण्ड प्रधानमंत्री हुदा भारत सरकारले विराटनगर मा राखेको फिल्ड अफिस १ दशक पछि २०७५ साउन १६ गते ओलीले बन्द गराए ।

५. समुद्र हाम्रो पनि हो त्यस मा पहुंच हामीलाई पनि चाहिन्छ भनेर जलमार्ग मार्फत नेपाल भारत बीच नंया सम्पर्क स्थापना ओलीले नै गरे ।

६. १८ वर्ष सम्म कुनै पनि चिनियां राष्ट्रपतिले नेपाल टेकेको थिएनन छिमेकी राष्ट्र जाने नेपाल नआउने जस्तो हेपिएको अवस्था २०७६ कार्तिक १ गते ओलीले तोडे।

७ .सन २००२ पछि बस्न नसकेको नेपाल अमेरीका बीचको विदेश मंत्रीस्तरीय बैठक १७ बर्ष पछी २०७५ पुस ३ गते ओलीकै पालामा बस्यो ।

८. नाक छोपेर नाकाबन्दी भन्न नसक्ने नेता भएको यो देशमा संसदको रोष्टममा उभिएर भारतलाइ चुनाैती दिनुभयाे । यस्तो भन्ने हिम्मत भएको प्रधानमन्त्री यो देशले कति जना पायो ?

(रिजाल केहि समय अगाडि एमाले प्रवेश गरेका हुन् ।)

 

Ad

सम्बन्धित समाचारहरु

विजयकुमार गच्छदारको राजनीतिक यात्रा ओरालो  तर्फ

रामप्रसाद रिजाल । कांग्रेस नेता विजयकुमार गच्छदारको राजनीतिक यात्रा ओरालो  तर्फ उन्मुख भएको छ । ४० वर्षयता नेपालको राजनीतिक दाउपेचमा सक्रिय गच्छदार कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदका उम्मेद्वार थिए । शेरबहादुर प्यानलबाट उठेका उनलाई शेखर कोइराला प्यानलका धनराज गुरुङले मात्र २ मतले उछिन्दा कांग्रेसमा उनको राजनीति ओरालो तर्फ उन्मुख भयो ।

केन्द्रीय सदस्यमा मेराे उम्मेदवारी किन ?

केन्द्रीय सदस्यमा मेराे उम्मेदवारी किन ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएको छु ।

Ad

प्रतिक्रिया दिनुहोस