# भर्खरै
Namaste Icon
Ad
Ad

डा. गोपाल पौडेल 'मण्डने'को छन्दचुली लोकार्पण

डा. गोपाल पौडेल 'मण्डने'को छन्दचुली लोकार्पण

काठमाडौं । डा. गोपाल पौडेल 'मण्डने'को कविता संग्रह छन्दचुली छन्दको लोकार्पण गरिएको छ । छन्दमा लेखिएका कविताहरूको संग्रह छन्दचुलीमा छन्दसम्बन्धि जानकारी समेत दिइएको उक्त पुस्तक वरिष्ठ साहित्यकार बैरागी काइँलाले लोकार्पण गरेका हुन ।

नेपाली शास्त्रीय र लोक छन्दमा लेखिएका उनका कविताहरूमा देशभक्तिको भावना, सामाजिक विकृति तथा विसङ्गति, मानीय संवेग आदिका भाव पोखिएका छन् । समसामयिक विषयमा रचिएका कविताहरू पनि रहेका छन् । केही कविताहरूमा मानवीय संवेगका कुराहरू पनि छन् । कवितामा माया, प्रेमका सन्दर्भहरू पनि रहेका छन् ।

एक समय अनेक चिन्तन मुक्तकसङ्ग्रह, जोइटिङ्ग्रे सम्पूर्ण हास्य नाटक, शान्तिर सृजना पूर्णाङ्की नाटक, सङ्घर्षका क्षणहरू कवितासङ्ग्रह, बेलायती सन्देश कवितासङ्ग्र, चिट्ठी लेखी गीतिएल्बम, बेलायती सन्देश कवितासङ्ग्रह, विदेशी आगन गीतिसङ्ग्रह, काभ्रेपलान्चोक ऐतिहासिक महाकाव्य, लण्डनको कोसेली गजलसङ्ग्रह, मण्डनेका गजलहरू, पाकेटमारको चिठी कथासङ्ग्रह, मञ्जरी मुक्तकसङ्ग्रह, जलिरहेको मुटु कथासङ्ग्रह गरी करिव दुई दर्जन कृतिका सर्जक डा. गोपाल पौडेल मण्डनेले कविता, मुक्तक, गीत, कथा, निबन्ध जस्ता नेपाली साहित्यका लोकप्रिय विधाहरूमा कलम चलाउँदै आएका छन्

Ad

सम्बन्धित समाचारहरु

श्रीमान ह्यारी र दुई वर्षीय छोरा आर्चीप्रति समर्पण गरिएको  मेगनकाे पुस्तक ‘द बेन्च’

न्युयोर्क । मेगन मर्केलद्वारा लिखित पुस्तक ‘द बेन्च’ सार्वजनिक भएको छ । मेगनको पहिलो पुस्तक बालबालिकाका लागि निकै उपयोगी हुने बताइएको छ । अमेरिकी साप्ताहिक पत्रिका पिपल म्यागजिनका अनुसार मेगनको पुस्तक चित्र रहेको छ । पुस्तकमा कलाकार क्रिस्टिन रोबिन्सनले चित्र बनाएका छन् ।

कविता - यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौ

कविता - यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौ

यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौमैले तिमीलाइ हेरीरहन पनि त मसित समय छैन तिमी मतिर हेर्दा पनिमैले मुखरी लाएको हुन्छु आफ्ना नमिलेका दातहरु र कालो ओठलाइ छोपेको हुन्छु

Ad

प्रतिक्रिया दिनुहोस

Ad