Namaste Icon
Ad
Ad

एकै खेलमा सावित्राको दर्जन गोल

एकै खेलमा सावित्राको दर्जन गोल

काठमाडौं । एउटै खेलमा सावित्रा भण्डारीले एक दर्जन गोल गर्न सफल भएकी छन् । उनको १२ गोलको मद्दतमा विभागीय नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि २२–० को फराकिलो जित निकालेको हो । एपिएफको जितमा अनु लामाले ५, अनिता बस्नेतले ह्याट्रिक, सरु लिम्बु र रेनुका नगरकोटीले समान १ गोल गरेका थिए । एक पक्षीय बनेको खेलमा एपिएफले पहिलो हाफमा नै १२–० को फराकिलो अग्रत लिदा दोस्रो हाफमा १० गोल गरेको थियो । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपिएफले खेलको पाँचौ मिनेटमा सावित्रा भण्डारीको गोलबाट खाता खोलेको थियो । आठौं मिनेटमा अनिता बस्नेत,११औं मिनेटमा अनु लामाले गोल गर्दै एपिएफलाई ३–० ले अघि बढाइन् ।


१४औं मिनेटमा अनुले फेरी गोल गरिन् भने १८औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरिन् । २०औं मिनेटमा अनुले ह्याट्रिक पुरा गर्दै एपिएफलाई ६–० ले अघि बढाइन् । २६औं मिनेटमा अनुले व्यक्तिगत चौथो गोल गरिन् । ३१औं मिनेटमा रेनुका नगरकोटीले गोल गर्दै खेललाई ८–० को फराकिलो स्थितिमा ल्याइन् । ३२औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेललाई ९–० को स्थितिमा ल्याइन् । ३३औं ३४औं र ३८औं मिनेटमा सावित्राले व्यक्तिगत पाँचौ गोल गर्दै खेललाई १२–० ले अघि बढाइन् । दोस्रो हाफमा पनि एपिएफले थप १२ गोल गरेको थियो । यो जितसँगै अपराजित रहेर एक गोल पनि नखाएको एपिएफको ६ खेलबाट १८ अंक पुगेको छ । एपिएफले दोस्रो स्थानको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई ८ अंकले पछि पारेको छ ।


यसैगरी अर्को विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले विराटनगर महानगरपालिकालाई ७–० ले हराएको छ । ३६औं मिनेटमा बिमला चौधरी र ४५औं मिनेटमा शर्मिला थापाले गोल गर्दै आर्मीको अगता दोब्बर पारिन् । ६१औं मिनेटमा शर्मिला थापाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ६७औं मिनेटमा रश्मि घिसिङले पेनाल्टीमा गोल गर्दै आर्मीलाई ५–० ले अघि बढाइन् । ७१औं मिनेटमा फ्रिकिकबाट आएको बललाई बिमला बिकले हुलमुलमा गोल गर्न सफल भएकी थिइन् । ८४औं मिनेटमा दीपा राईको पासमा बिमला चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ७–० को फराकिलो जित दिलाईन् । यो जितसँगै आर्मी ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको एपिएफको १५ अंक छ । पराजित बिराटनगर ७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

ब्याडमिन्टन सङ्घकाे अध्यक्षमा भट्ट

ब्याडमिन्टन सङ्घकाे अध्यक्षमा भट्ट

कञ्चनपुर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित भएका छन् । आज सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उनी निर्वाचित भएका छन् । कूल खसेको १२४ मतमा भट्टले ७९ र केसीले ४५ मत प्राप्त गरेका निर्वाचन अधिकृत हरकसिंह धामीले जानकारी दिए ।

स्याङ्जाको हरिनास गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै

खगेन्द्र हमाल, स्याङ्जा । जिल्ला हरिनास गाउँपालिका ६ गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । विगतको वर्ष जस्तै यस वर्ष पनि प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि स्याङ्जाको हरिनास गाउपालिका वडा नं ६ क्याक्मी गैराखोलामा साविकको वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेभएको छ । यसका साथै विविध सांस्कृतिक कार्यक्रम पनि हुने किरण मानन्धरले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस