Namaste Icon
Ad
Ad

चीनमा हुने २१औं एसियन सिनियर महिला भलिबलमा नेपालले भाग लिने

चीनमा हुने २१औं एसियन सिनियर महिला भलिबलमा नेपालले भाग लिने

काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीले चीनमा आयोजना हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिने भएको छ । च्याम्पियनसिप जियाङमेनमा २०७८ भदौ १३ देखि २० गते सम्म हुने नेपाल भलिबल संघ (एनभिए) ले जनाएको छ । कोभिड १९ का कारण च्याम्पिनसिप रोक्नु पर्ने भएको अवस्थामा भने दुई महिना अघि आयोजकले सुचना जारी गर्ने पनि संघले उल्लेख गरेको छ । गत वर्ष दुई ठूला सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीले चीनमा आयोजना हुने एभिसी एसियन महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुन प्रक्रिया अघि बढाउने भएको थियो । नेपालले पहिलोपटक एसियन च्याम्पियनसिपमा भाग लिन लागेको हो ।

एनभिएको पुस २ गते बसेको कार्यसमिति बैठकले महिला टोलीलाई पठाउने निर्णय गरेको थियोे । १६ टोलीको सहभागिता रहने च्याम्पियनसिपका लागि आयोजकसहित १० टोलीको छनोट भइसकेको छ । पछिल्लो एसियन च्याम्पियनसिपको शीर्ष १० मा पर्ने टोली सिधै छनोट हुनेछन् । चीन उक्त प्रतियोगितामा चौथो भएको थियो । आयोजकले स्वत च्याम्पियनसिप खेल्न पाउने भएकाले त्यसको ठाँउमा हङकङलाई समावेश गरिएको जनाइएको छ ।

साविक विजेता जापान, उपविजेता थाइल्यान्ड, दक्षिण कोरिया, काजकस्तान, चाइनिज ताइपे, इरान, इन्डोनेसिया, भारत र अष्ट्रेलिया शीर्ष १० मा रहेको थिए । बाँकी ५ टोली बाट क्षेत्रिय छनोटबाट च्याम्पियनसिपमा पुग्नेछन् । नेपाल रहेको सेन्ट्रल जोनबाट इरान, काजकिस्तान, भारत सिधै छनोट भइसकेका छन् । अब बाँकी रहेका ११ टोलीमध्ये एक टोली सेन्ट्रेल जोनबाट च्याम्पियनसिपका लागि छनोट हुनेछन् । एनभिएका महासचिव जितेन्द्रबहादुर चन्दका अनुसार नेपालसहित श्रीलंका र उज्वेकिस्तान पनि एसियन च्याम्पियनसिपका लागि सिधै छनोट भएका छन् ।

पछिल्लो पटक सहभागिता जनाएको श्रीलंका नेपालमाथि वरियतामा माथि छ । त्यसैले छनोट प्रतियोगिता हुने सम्भावना बढी छ । एसियामा सेन्ट्रल जोनसहित इस्ट जोन, वेस्ट जोन, साउथ इस्ट जोन र ओसियाना जोन रहेको छ । नेपालले गत वर्ष एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । त्यो प्रतियोगितामा भारत, श्रीलंका, इरान र काजकिस्तान सहभागी थिएनन् । नेपालले गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । सागमा सेमिफाइनलमा श्रीलंकालाई हराएको नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

ब्याडमिन्टन सङ्घकाे अध्यक्षमा भट्ट

ब्याडमिन्टन सङ्घकाे अध्यक्षमा भट्ट

कञ्चनपुर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित भएका छन् । आज सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उनी निर्वाचित भएका छन् । कूल खसेको १२४ मतमा भट्टले ७९ र केसीले ४५ मत प्राप्त गरेका निर्वाचन अधिकृत हरकसिंह धामीले जानकारी दिए ।

स्याङ्जाको हरिनास गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै

खगेन्द्र हमाल, स्याङ्जा । जिल्ला हरिनास गाउँपालिका ६ गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । विगतको वर्ष जस्तै यस वर्ष पनि प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि स्याङ्जाको हरिनास गाउपालिका वडा नं ६ क्याक्मी गैराखोलामा साविकको वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेभएको छ । यसका साथै विविध सांस्कृतिक कार्यक्रम पनि हुने किरण मानन्धरले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस