Namaste Icon
Ad
Ad

पुटिनका कट्टर आलोचक नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय

पुटिनका कट्टर आलोचक नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नभाल्नीलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षका कैद हुने फैसला सुनाएका छन्। केही समयअघि रुस लगिएका उनीमाथी भएकाे निर्णयकाे विश्वभरबाट आलाेचना भएकाे छ।

न्यायाधीशले दोषी प्रमाणित गरेर जेलमा पठाउने निर्णय सुनाएपछि नभाल्नीले त्यसलाई राष्ट्रपति पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आफ्नो आवाज दबाउन त्यसो गरिएको प्रतिक्रिया दिए।

नोभिचोक नामक स्नायु प्रणालीमा असर गर्ने विष प्रयोग गरिएका नभाल्नी महिनौं जर्मनीमा उपचार गरेर फर्किएपछि उनलाई पक्राउ गरेर जेलमा हालिएको थियो।उनलाई जेलमा राखिएयता रुसभर विभिन्न सहरमा दशौं हजार मानिसहरूले विरोध प्रदर्शन गर्दै आएका छन्।

Ad

सम्बन्धित समाचारहरु

टेक्सासमा आँधी : २१ जनाको मृत्यु

टेक्सासमा आँधी : २१ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको एक ठुलो क्षेत्रमा आएको आँधीबेहरी र चिसोको कारण अहिले सम्म २१ जनाको मृत्यु भएको छ । खराब मौसमको बारेमा राष्ट्रपति बाइडेनले पहिला नै उक्त स्थानमा आपतकालिन स्थिति घोषणा गरेका छन् । आँधीबेहरीले पावर ग्रिडहरुमा गम्भीर नोक्सानी गरेको छ जसको कारण उक्त क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ । जसको कारण मानिसहरु बीच बाटोमा नै फसेका छन् ।

उत्तर कोरियाली सर्वाेच्च नेता किमकी पत्नी सार्वजनिक

उत्तर कोरियाली सर्वाेच्च नेता किमकी पत्नी सार्वजनिक

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी पत्नी एक वर्षपछि पहिलोपटक सार्वजनिक भएको सरकारी सञ्चार माध्यमले बुधबार जनाएको छ । किमका स्वर्गीय पिता तथा उत्तर कोरियाका पुर्व नेता किम जोंग इलको जन्मदिन मनाउने क्रममा आयोजित सांगीतिक कार्यक्रममा आफ्नो पतिसँग री सोल जु सहभागी भएकी हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस