Namaste Icon
Ad
Ad

इंग्लिस प्रिमियर लिग फुटबल : आर्सनल पराजित

इंग्लिस प्रिमियर लिग फुटबल : आर्सनल पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वल्भ्सले आर्सनलमाथि २-१ को पुनरागमन जित निकालेकाे छ । घरेलु मैदान मोलिनेअक्स स्टेडियममा मंगलबार राति भएको खेलमा वल्भ्सको जितमा रुवेन नेभेस र जोओ मौटिन्होले गोल गरे । आर्सनलका निकोलस पेपेले गरेको गोल सान्त्वना बन्यो । घरेलु मैदान मोलिनेअक्स स्टेडियममा मंगलबार राति भएको खेलमा वल्भ्सको जितमा रुवेन नेभेस र जोओ मौटिन्होले गोल गरे । आर्सनलका निकोलस पेपेले गरेको गोल सान्त्वना बन्यो ।

खेलको नवौं मिनेटमा नै बुकायो साकाले गोल गरे पनि भिएआरबाट मान्यता नपाउदा आर्सनल अग्रता लिनबाट चुकेको थियो । ३२औं मिनेटा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १–० ले अघि बढाए । उनले एलसान्द्रे लाकाजेटको पासमा गोल गरका थिए ।

पहिलो हाफमा इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा आर्सनल १० खेलाडीमा समेटियो । पेनाल्टी बक्समा विलियन जोसलाई डेभिड लुइजले गोलरक्षकसँग वान भर्सेस वानको अवस्थामा रहँदा फल गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए । त्यसमै प्राप्त पेनाल्टीमा रुवेन नेभेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा सुरुमै वल्भ्सले खेलमा २–१ को अग्रता लिन सफल भयो । पेड्रो नेटोको पासमा जोओ मौटिन्होले गोल गर्दै वल्भ्सलाई अघि बढाए । ७२औं मिनेटमा आर्सनल ९ खेलाडीमा समेटियो । गोलरक्षक बन्ड लेनो सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिए । नेल्सन सेमेडोको प्रहारलाई लेनोले पेनाल्टी बक्स बाहिर आएर हातले क्लियर गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएको थियो । हारसँगै आर्सनल २२ खेलबाट ३१ अंकसहित दशौँ स्थानमा धकेलिएको छ । वुल्भ्स भने २६ अंकसहित १४ औँ स्थानमा छ ।

Ad

सम्बन्धित समाचारहरु

ब्याडमिन्टन सङ्घकाे अध्यक्षमा भट्ट

ब्याडमिन्टन सङ्घकाे अध्यक्षमा भट्ट

कञ्चनपुर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित भएका छन् । आज सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उनी निर्वाचित भएका छन् । कूल खसेको १२४ मतमा भट्टले ७९ र केसीले ४५ मत प्राप्त गरेका निर्वाचन अधिकृत हरकसिंह धामीले जानकारी दिए ।

स्याङ्जाको हरिनास गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै

खगेन्द्र हमाल, स्याङ्जा । जिल्ला हरिनास गाउँपालिका ६ गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । विगतको वर्ष जस्तै यस वर्ष पनि प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि स्याङ्जाको हरिनास गाउपालिका वडा नं ६ क्याक्मी गैराखोलामा साविकको वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेभएको छ । यसका साथै विविध सांस्कृतिक कार्यक्रम पनि हुने किरण मानन्धरले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस