Namaste Icon
Ad
Ad

बागमतीद्वारा उत्कृष्ठ शिक्षक, प्रअ र व्यवस्थापन समिति अध्यक्ष सम्मानित

राष्ट्रपति रनिङ सिल्ड र शैक्षिक मेला दुबैको उपाधि गिम्दीलाई

बागमतीद्वारा उत्कृष्ठ शिक्षक, प्रअ र व्यवस्थापन समिति अध्यक्ष सम्मानित

सन्तोष दहाल,ललितपुर। बागमती गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका उत्कृष्ट शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्षको पहिचान गर्दै नगद सहित सम्मान गरेको छ । यसरी पुरस्कृत हुनेमा जनजागृति माध्यमिक विद्यालय इकुडोलका शिक्षक नारायण प्रसाद सञ्जेल र कालीदेवी मावि माल्टाका प्रधानाध्यापक कुमार चौलागाईं रहेका छन् ।

यस्तै उत्कृष्ट विद्यालय व्यबस्थापन समितिका अध्यक्ष तर्फ भट्टेडाँडा आधारभुत विद्यालय भट्टेडाँडाका अध्यक्ष दीपक घिमिरे (समीर )लाई पुरस्कृत गरिएको छ । गाउँपालिकाले आयोजना गरेको तेश्रो शैक्षिक मेला तथा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको अवसरमा उनीहरु सबैलाई जनही दश हजार रुपैंया नगद सहित प्रमाणपत्रले सम्मान गरिएको हो ।

शैक्षिक वातावरण निर्माण, भावी योजना र नतिजाका आधारमा तय गरिएका विभिन्न सूचकांकको आधारमा उत्कृष्ट पहिचान गरिएको गाउँपालिकाका अध्यक्ष बिरबहादुर लोप्चनले बताए । शिक्षक, प्रधानाध्यापक, विद्यालय र समितिबाट आह्वान गरिएको प्रस्ताव अध्ययन पश्चात छनौट गरिएको उनको भनाई छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईको संयोजकत्वमा गठित गाउँ शिक्षा समितिका एक जना सदस्य र शिक्षा शाखाका प्रमुख सहित ३ सदस्यीय मूल्याँकन समितिले प्राप्त प्रस्तावको अध्ययन गरेर उत्कृष्ट छनौट गरेको उनले जानकारी दिए ।

शिक्षकका नेताहरुले सार्वजनिक रुपमै स्थानीय सरकारका जनप्रतिनिधिलाई शिक्षा क्षेत्र लाई नहेरेको संज्ञा दिँदै स्थानीय सरकारका शैक्षिक सुधारका कृयाकलापलाई चुनौती दिईरहेको बेला बागमती गाउँपालिकाले भने शिक्षकलाई सम्मान गर्ने क्रम शुरु गरेको छ । नजिकैको सरकारले गर्ने नियमनका कारण यस अघि जस्तो 'छलछाम' गर्न नपाउने भए पछि शिक्षकका नेताहरु स्थानीय सरकार प्रति आक्रोशित हुँदैं आएको आलोचना जारी छ । गत बर्ष मावि र आधारभूत तहका गरी दुई शिक्षकलाई गरेकोमा यस बर्ष उक्त सम्मानको दायरा बढाईएको गाउँपालिकाको भनाई छ ।

राम्रो काम गर्नेलाई प्रोत्साहन दिँदा सकारात्मक सन्देश प्रवाह हुने तथा अरुलाई पनि राम्रो गर्न प्रेरणा मिल्ने ठहर साथ पुरस्कृत गर्ने कार्य शुरु गरेको अध्यक्ष लोप्चन बताउँछन् । पालिकाले दुई बर्ष देखि शुरु गरेको शैक्षिक मेलाको तेस्रो संस्करणमा बिहिबार उक्त पुरस्कार प्रदान गरिएको थियो ।

मेलामा २४ स्टलमा विज्ञान, प्रविधि, गणित, सामाजिक विषयका प्रदर्शनी गरिएको थियो । आधुनिक ठेकी देखि घाँस काट्ने मेसिन र शैक्षिक सामाजिक सामग्री तयार पारी प्रदर्शन गरेका विद्यार्थी स्वयंले त्यसको बारेमा अवालोकनाकर्तालाई ब्याख्या गरी सुनाएका थिए ।



बागमती गाऊपालिकाको शिक्षा प्रमुख मोहन पाैडेलको संयोजकत्वमा गठित तीन सदस्यीय मूल्यांकन समितिले गरेको मूल्यांकनका आधारमा माध्यमिक तर्फ मेलामा सहभागी मध्ये, नारायणी मावि, गिम्दी, जनक मा बि गिम्दी,कालिदेबि मावि माल्टा , शारदा शिक्षा सदन मावि इकुडोल क्रमशः प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भए । उनीहरुलाई क्रमशः सात हजार, चार हजार, दुई हजार र एक हजार रुपैंया प्रदान गरिएको थियो ।साथै शैक्षिक मेलामा आधारभुत तर्फ प्रथम बिज्ञान प्रभा आधारभुत बिधालय इकुडोल , दोस्रो सातकन्या आधारभुत बिधालय भट्टेडाँडा , तेस्रो भट्टेडाँडा आधारभुत बिधालय भट्टेडाँडा र सन्तोना बालमनोरमा आधारभुत आश्राङ्गले प्राप्त गरेको छ।

यसैगरी राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको उपाधि जनक मावि गिम्दीले हात पारेको छ भने दोश्रो पनि गिम्दीकै नारायणी मावि भएको छ। आश्राङ्गको विद्याधिश्वरी माविले तेश्रो स्थान हात पारेको छ ।

संविधानले विद्यालय तहसम्मको शिक्षा स्थानीय सरकार मातहत हुने व्यवस्था गरेसँगै यस पालिकाले शैक्षिक सुधारमा विभिन्न कार्य गर्दै आएको छ । स्थानीय सरकार मातहत संवैधानिक रुपमा प्राप्त शैक्षिक अधिकार पूरा गर्न पालिका सक्षम रहेको उल्लेख गर्दै सामाजिक समिति संयोजक एवम् वडा नम्बर २ माल्टाका अध्यक्ष विजयकुमार लो ले विभिन्न वहाना बनाएर स्थानीय सरकारको अधिकार कटौती नगर्न प्रदेश तथा संघीय सरकारलाई स्मरण गराएका छन् ।

एउटा पनि निजी विद्यालय नरहेको पालिका भित्रका ४७ वटा सामुदायिक विद्यालयमा ३ सय १९ शिक्षक कार्यरत रहेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

ललितपुरका थप १२ विद्यालयले यस वर्ष नर्स पाउने

ललितपुरका थप १२ विद्यालयले यस वर्ष नर्स पाउने

सन्तोष दहाल, ललितपुर। शिक्षण संस्थाबाट स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सुरु गरेको एक विद्यालय एक नर्स अभियान ललितपुर जिल्लामा पनि प्रभावकारी बन्दै गईरहेको छ। गत वर्ष जिल्लाका विभिन्न ५ विद्यालयमा परेको उक्त कार्यक्रमा यस वर्ष थप १२ विद्यालयले पाउने भएका छन्।

सेमेष्टर शुल्क छुट सहितका चारबुँदे माग राख्दै हिलसाईड कलेजमा संयुक्त विज्ञप्ति बुझाईयाे

काभ्रे । नेपाल विद्यार्थी संघ हिलसाईड कलेज अफ इन्जिनियरिङ्गको नेतृत्वमा हिलसाईड कलेज अफ इन्जिनियरिङ्गमा विद्यार्थीलाई सेमेष्टर शुल्क छुट सहित चारबुँदे माग राख्दै संयुक्त विज्ञप्ति बुझाईएको छ । नेविसंघका नेता योगेश मोक्तानको नेतृत्वलाई ऐक्यबद्धता जनाउँदै अखिल (क्रान्तिकारी) हिलसाईड कलेज अफ इन्जिनियरिङ्ग ईकाई अध्यक्ष दिनेशचन्द्र जोशी र मेस (हिलसाईड कलेज अफ इन्जिनियरिङ्ग ईकाई) सचिव सञ्जय यादवद्वारा उक्त कलेजका एकेडेमिक कोर्डिनेटर धुर्व थापालाई संयुक्त विज्ञप्ति बुझाएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad