Namaste Icon
Ad
Ad

मशाल जुलुसमा सहभागी भइ घर फर्कंदै गरेका वाग्ले मृत फेला

मशाल जुलुसमा सहभागी भइ घर फर्कंदै गरेका वाग्ले  मृत फेला

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत अवस्थामा फेला परेका छन् । बुधबार राति ९ बजे सर्लाहीको बरहथवा नगरपालिकाको मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको हो। प्रहरीले सडक दुर्घटनामा परी वाग्लेको मृत्यु भएको जनाएको छ।

प्रहरीका अनुसार वाग्ले सवार मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा फेला परेको छ। नेकपा प्रचण्ड–माधव समूहले बुधबार साँझ सर्लाहीको बरहथवानमा आयोजना गरेको मशाल जुलुसमा सहभागी भइ घर फर्कंदै गरेका वाग्ले मृत अवस्थामा भेटिएका हुन्। 

प्रहरीले सवारी दुर्घटनामा वाग्लेको मृत्यु भएको जनाएको छ। इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले वाग्लेको सडक दुर्घटनामा मृत्यु भएको बताए। ‘वाग्ले सवार ज १० प ३२०६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा शव फेला परेको हो,’ डिएसपी भाटले भने, ‘हेल्मेट टाउकैमा थियो। हामीले घटनास्थलबाट उठाएर बरहथवा अस्पताल पुर्याऔँ, डाक्टरले मृत्यु भइसकेको घोषणा गर्नुभयो। शव अस्पतालमै छ।’

 

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad