Namaste Icon
Ad
Ad

आउनुहोस् कमरेड आज एउटा प्रतिज्ञा गरौँ , बन्द हडताल सदाको लागि बन्द गरौँ !

आउनुहोस् कमरेड आज एउटा प्रतिज्ञा गरौँ , बन्द हडताल सदाको लागि बन्द गरौँ !

हिमाल बस्नेत


थाहा छ कमरेड ? हजुरले बन्द गरेर
भोलि हजुर र हजुरको मान्छे त सत्ता पुग्लान
तर के आज म र मेरा बालबच्चाको भोको पेट भरिएला त?

भोलि हजुरको क्रान्ति सफल त होला कमरेड
तर आज मेरी आमा अस्पताल पुग्न नसकेर
बिच बाटोमै मेरो साथ छोडिन भने
के कमरेडले फर्काउन सक्नु हुन्छ त मेरी आमालाई ?

कमरेड हजुर पो भोलि सत्तामा पुग्नुहोला र शक्ति पनि हासिल गर्नुहोला
तर कमरेड आज हजुरको निहित स्वार्थको बन्दले
मेरो वर्षभरिको मेहनतको परीक्षा दिन पाईन भने
भोलि के मेरा बा र आमाको सपना पूरा होला त ?
थाहा छ मलाई हजुरलाई सत्तामा पुग्नु छ

तर आज मेरा सपनाका महलहरु भत्काएर पुगेको
हजुरको सत्ताले के मेरा ती सपनाका महलहरु खडा गर्ला त ?
न क्रान्ति को भाषा बुझ्छु न सत्ताको भाषा बुझ्छु म
तर पनि तपाईको क्रान्ती र सत्ताको मारमा म आफू पर्दछु !

हिजो पनि त हजुरहरुकै खातिर गुमाएकै थिएँ त मैले
मेरा निर्दोष बाबू र दाजुलाई तर पनि के पाए त ?
मेरा आमा अनि भाउजुले सिवाय पीडा र आँसु
हजुरले त पाउनु भयो सत्ता अनि चिल्ला गाडिहरु
फेरि के तपाईको लागि म नै भोकै बस्नु पर्ने
मैले नै गुमाउनु पर्ने र म नै सहनु पर्ने
हजुर र सत्ताको त्यो दमन आखीर कहिले सम्म ?

म र हाम्रा लागि लडेको भन्नू हुन्छ हजुर ,
किनत म र हामीलाई नै सास्ति दिनुहुन्छ ?

साच्चै कमरेड हजुर म र हाम्रा लागि नै लड्नुभएको हो भने
आउनुस कमरेड आज एउटा बाचा गरौँ
बन्द हडताल सदाका लागि बन्द गरौँ

Ad

सम्बन्धित समाचारहरु

डा. उपाध्यायको कफी लभ

डा. उपाध्यायको कफी लभ

काठमाडौं । गीतकार डा. डि आर उपाध्यायले आफ्नो ११औँ उपन्यास ‘कफी लभ’ बजारमा ल्याएका छन् । आइतबार प्रणय दिवसको अवसर पारेर कमलादिस्थित प्रज्ञा भवनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशक लगायतले उक्त पुस्तकको संयुक्त रुपमा विमोचन गरे । कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवं जीवनशैली र वर्तमान नेपाली समाजको अवस्था उपन्यासले छर्लंग पारेको जिकिर गरे । उनले भने, ‘गीत लेखनबाट कृतिमानी कायम गरेका डा. उपाध्यायको उपन्यास पनि त्यत्तिकै पठनीय रहेको छ ।’ अग्रज आख्यानकार भुवनहरि सिग्देलले उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यताभन्दा फरक किसिमले दिएको सुनाए । उनले समकालिन पुस्तालाई यो उपन्यासका कथा अहिले आफ्नो भोगाई जस्तो लाग्ने र प्रौढ पुस्ताले आफ्ना कलेजका दिन स्मरण गर्ने बताए । कलेज पढ्दै गरेका युवायुवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेमसम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अवरोहको कथामा उपन्यास केन्द्रित रहेको छ । देहरादुनका दुन विश्वविद्यालयमा भेटिएका पाँचजना नेपाली विधार्थीबीचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरुको आपसी प्रेममा यो उपन्यास केन्द्रित छ ।

डा. गोपाल पौडेल 'मण्डने'को छन्दचुली लोकार्पण

डा. गोपाल पौडेल 'मण्डने'को छन्दचुली लोकार्पण

काठमाडौं । डा. गोपाल पौडेल 'मण्डने'को कविता संग्रह छन्दचुली छन्दको लोकार्पण गरिएको छ । छन्दमा लेखिएका कविताहरूको संग्रह छन्दचुलीमा छन्दसम्बन्धि जानकारी समेत दिइएको उक्त पुस्तक वरिष्ठ साहित्यकार बैरागी काइँलाले लोकार्पण गरेका हुन ।

Ad

प्रतिक्रिया दिनुहोस