Namaste Icon
Ad
Ad

स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने

स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने

काठमाडौं । कोभिडका त्रासका कारण शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको छ। त्रिभुवन विश्वविद्यालयले गत वर्षकै परीक्षा सम्पन्न गरिसकेको छैन। यस्तो अवस्थाकै कारण विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेको छ। विश्वविद्यालयका विभिन्न संकायका डिनहरूको माघ पहिलो साता बसेको संयुक्त बैठकको निर्णयअनुसार नयाँ शैक्षिक सत्र सार्वजनिक गरेको हो।


विश्वविद्यालयका शिक्षाध्यक्ष शिवप्रसाद भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने निर्णय भएको बताए। सोहीअनुसार विश्वविद्यालयले शैक्षिक क्यालेन्डरसमेत सार्वजनिक गरेको उनको भनाइ छ। यसअघि स्नातक तहको नयाँ शैक्षिक सत्र मंसिरदेखि सुरु हुने त्रिवि नियममा उल्लेख छ। तर कोभिडकै कारण यस वर्ष शैक्षिक सत्र देखि तीन महिनापछि सार्नुपरेको उनको भनाइ छ। कोभिडका कारण विश्वविद्यालयका कक्षाहरू १० महिनादेखि बन्द रहे भने परीक्षाहरू अझै सम्पन्न भएको छैन।


‘२०७६ चैत–वैशाखमा हुनुपर्ने परीक्षाहरू बल्ल सुरु भएका छन्। स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा सञ्चालन भइरहेका छन्,’ शिक्षाध्यक्ष भुसालले नागरिकसँग भने, ‘अब त्रिविका संस्थान र संकायहरूले फागुनलाई नै आधार मानेर नयाँ भर्ना खुलाइरहेका छन्। स्नातकको कक्षा फागुन २५ गतेदेखि सुरु हुन्छ।’ स्नातकोत्तर तहको कक्षा वैशाखमा सुरु हुने भएकाले भर्नादेखि प्रवेश परीक्षाको काम चैतभित्रै सक्नुपर्ने उनले बताए। यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छन् ।

Ad

सम्बन्धित समाचारहरु

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो । यो सँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी २० चैतभित्र परीक्षा सञ्चालन, उत्तरपुस्तिका सिलबन्दी कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गरी सोको विवरण उपलब्ध गराउन सम्बन्धित परीक्षा केन्द्रलाई सूचित गरेको छ ।

ललितपुरका थप १२ विद्यालयले यस वर्ष नर्स पाउने

ललितपुरका थप १२ विद्यालयले यस वर्ष नर्स पाउने

सन्तोष दहाल, ललितपुर। शिक्षण संस्थाबाट स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सुरु गरेको एक विद्यालय एक नर्स अभियान ललितपुर जिल्लामा पनि प्रभावकारी बन्दै गईरहेको छ। गत वर्ष जिल्लाका विभिन्न ५ विद्यालयमा परेको उक्त कार्यक्रमा यस वर्ष थप १२ विद्यालयले पाउने भएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस