Namaste Icon
Ad
Ad

मासिक ७९९ रूपैयाँमै वर्ल्डलिंकको इन्टरनेट र आईपीटीभी

मासिक ७९९ रूपैयाँमै वर्ल्डलिंकको इन्टरनेट र आईपीटीभी

काठमाडाैं । कम्युनिकेशन्स लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टीभीमा बढि मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टीभी सेवा उपलब्ध गराउने योजना ‘तहल्का’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले नेटटीभीले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टीभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक रु। ७९९ मै पाउने छन् ।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल बताउँछन्, ‘इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी ‘तहल्का’ योजना ल्याएका छौ ।’ उनी भन्छन् ‘तहल्का’ अफर सस्तो भएको हुनाले आधारभूत टीभी प्रयोगकर्ताहरू, सोशल मिडिया लगायत अन्य एपहरू प्रयोग गर्ने ग्राहकहरुका लागि धेरै नै उपयुक्त छ । हाम्रो यस प्रयासले सरकारको डिजिटल नेपाल कार्यक्रमलाई समेत सघाउने छ । हामीले आईपीटीभी र इन्टरनेट सेवा दुबैका लागि मासिक ७९९ रूपैयाँ मात्र शुल्क राखेका छौ ।’

वर्ल्डलिंकले यस अफरसँगै नेटटीभी (आईपीटीभी )सेवासँगै कम्बो प्याकमा ६० एमबीपीएससम्मको उच्च गतिको इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ । ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न इन्टरनेट र टीभी प्यकेजहरू छनौट गर्न सक्नेछन ।

 

Ad

सम्बन्धित समाचारहरु

सस्तो मुल्यका मोवाइल फोन नेपालमा, यस्ता छन विशेषता तथा मुल्य

काठमाडौं । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रुपमा लन्च गरिएको थिएन । पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ भने भने विस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने छ । कम्पनीले नेपाली उपभोक्ताहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर आईप्रोका फिचर फोन मोडलहरु ल्याउन लागेको हो । आईप्रोका फिचर फोनहरुमा ड्युअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषता हुनेछन् ।

नोकियाले ल्यायाे नयाँ स्मार्टफोन, कति पछ

नोकियाले ल्यायाे नयाँ स्मार्टफोन, कति पछ

काठमाडौं । नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ। ६.५१ इन्च इड्ज–टु–इड्जसम्म फैलिएको एक प्रभावशाली स्क्रिन रियल इस्टेटले पूर्ववर्ती भन्दा यो लगभग एक इन्च ठूलो छ। यो फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो हो । नोकिया १.४ क्षणमा इन्जिनियर र निर्मित गरिएको फोन हो।

Ad

प्रतिक्रिया दिनुहोस