उत्तराखण्डमा हिमनदी फुटेर धौलीगंगा र अलकनन्दा नदीमा भीषण बाढी, १५० जना मजदुर बेपत्ता

काठमाडौं । भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लाको जोशीमठमा हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दा नदीमा ठूलो बाढी आएको छ। बाढीले नदी आसपासका कैयौं घर बगाएको छ। नदीमा बाढी आएपछि आसपासका गाउँबाट स्थानीयलाई सुरक्षित स्थानमा लैजान सुरु गरिएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार ऋषिगंगा पावर प्रोजेक्टमा काम गर्ने १५० जना मजदुर बेपत्ता भएका छन्। नदीका कैयौं तटबन्ध भत्किएको बताइएको छ। बाढीका कारण ऋषिगंगा परियोजनामा पनि क्षति पुग्ने आशंका गरिएको छ। उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ गएका छन्। उनले ट्विट गरेर अफवाहमा ध्यान नदिन र पुराना भिडियो सामाजिक सञ्जालमा सेयर नगर्न अनुरोध गरेका छन्।
काठमाडौं । अमेरिकाको एक ठुलो क्षेत्रमा आएको आँधीबेहरी र चिसोको कारण अहिले सम्म २१ जनाको मृत्यु भएको छ । खराब मौसमको बारेमा राष्ट्रपति बाइडेनले पहिला नै उक्त स्थानमा आपतकालिन स्थिति घोषणा गरेका छन् । आँधीबेहरीले पावर ग्रिडहरुमा गम्भीर नोक्सानी गरेको छ जसको कारण उक्त क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ । जसको कारण मानिसहरु बीच बाटोमा नै फसेका छन् ।
एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी पत्नी एक वर्षपछि पहिलोपटक सार्वजनिक भएको सरकारी सञ्चार माध्यमले बुधबार जनाएको छ । किमका स्वर्गीय पिता तथा उत्तर कोरियाका पुर्व नेता किम जोंग इलको जन्मदिन मनाउने क्रममा आयोजित सांगीतिक कार्यक्रममा आफ्नो पतिसँग री सोल जु सहभागी भएकी हुन् ।