Namaste Icon
Ad
Ad

एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्चको अन्तरिम आदेश

एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आन्तरिक राजश्व विभाग समेतको नाममा अन्तरिम आदेश जारी गर्दै तत्काल कर नउठाउन भनेको हो। ठूला करदाता कार्यालयले पुस २९ गते पत्र जारी गरेपछि एनसेल सर्वोच्च पुगेको थियो।

सर्वोच्चले यसअघि पनि प्रक्रिया अगाडि नबढाउन आदेश दिएको थियो। तर सोही दिन कर कार्यालयबाट एनसेलमा कर चुक्ताको पत्र पुगेको थियो। एनसेलको स्वामित्व परिवर्तनमा आयकर ऐन २०५८ को दफा ५७ अनुसार ६० अर्ब रुपैया पुँजीगत लाभकर निर्धारण गरेको थियो।

२०७२ मा एनसेल खरिदबिक्री हुदा टेलियासोनेराबाट आक्जिआटामा स्वामित्व हस्तान्तरण भएको थियो। पुँजीगत लाभकरको विषय टुंगिएपछि स्वामित्व नियन्त्रणमा परिवर्तन गर्दा लाग्ने करको विषय अहिले उठेको हो। सोही विषयमा ठूला करदाता कार्यालयले पुस २९ गते कर तिर्न भन्दै एनसेललाई पत्र जारी गरेपछि त्यसविरुद्ध एनसेलले सर्वोच्चमा मुद्धा दायर गरेको थियो।

 
Ad

सम्बन्धित समाचारहरु

सस्तो मुल्यका मोवाइल फोन नेपालमा, यस्ता छन विशेषता तथा मुल्य

काठमाडौं । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रुपमा लन्च गरिएको थिएन । पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ भने भने विस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने छ । कम्पनीले नेपाली उपभोक्ताहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर आईप्रोका फिचर फोन मोडलहरु ल्याउन लागेको हो । आईप्रोका फिचर फोनहरुमा ड्युअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषता हुनेछन् ।

नोकियाले ल्यायाे नयाँ स्मार्टफोन, कति पछ

नोकियाले ल्यायाे नयाँ स्मार्टफोन, कति पछ

काठमाडौं । नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ। ६.५१ इन्च इड्ज–टु–इड्जसम्म फैलिएको एक प्रभावशाली स्क्रिन रियल इस्टेटले पूर्ववर्ती भन्दा यो लगभग एक इन्च ठूलो छ। यो फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो हो । नोकिया १.४ क्षणमा इन्जिनियर र निर्मित गरिएको फोन हो।

Ad

प्रतिक्रिया दिनुहोस