Namaste Icon
Ad
Ad

तेमाल गाउपालिका अध्यक्ष कप सम्पन्न

तेमाल गाउपालिका अध्यक्ष कप सम्पन्न

काभ्रे । तेमाल गाउपालिका अध्यक्ष कप २०७७ सम्पन्न भएको छ । तेमाल गाउपालिकाद्रारा आयोजित कार्यक्रमका प्रमुख अतिथी संविधानसभा सदस्य , पुर्ब संसद् एवम नेपाली कांग्रेसका प्रतिनिधि सभाको सभापति तिर्थ लामाद्वारा पानसमा बत्ती र छ्युमी बत्ति बालेर कार्यक्रम उद्घाटन गरी रेफ्रीलाई फुटबल प्रदान गर्दै खेल शुभारम्भ गरेको कार्यक्रम संयोजकले जनाएका छन् ।

तेमाल गाउपालिका फुटबल प्रतियोगिता अन्तर्गत बिभिन्न गाउपालिका तथा नगरपालिका खेलाडीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेता लामा ले खेलाडी देशको गहन भएको हुनाले सम्पूर्ण खेलाडीहरूलाई संरक्षण र सम्बर्द्धन गर्ने हाम्रो पहिलो प्रथामिकता रहेको बताएका छन् ।

आजको खेलाडी भोलीको गहना रहेकाले निरन्तर रुपमा आफ्नो खेललाई प्रथामिकता दिएर लागि रहन सबै खेलाडीहरूलाई उत्साहितका साथ मैदानमा उत्रने र जित्ने अनि केही सिक्न अवसरबाट वञ्चित नहुन सबैलाई आग्रह गरेका छन् । सो कार्यक्रममा तेमाल गाउपालिका का प्रमुख सलाम सिङ लामा तथा निर्वाचित् वडा अध्यक्षहरु लगायत युवा नेताहरूको उपस्थित रहेका थिए । सो खेल्लको अन्तिम नतिजा भने केही दिनमा नै आउने स्रोतले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

ब्याडमिन्टन सङ्घकाे अध्यक्षमा भट्ट

ब्याडमिन्टन सङ्घकाे अध्यक्षमा भट्ट

कञ्चनपुर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित भएका छन् । आज सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उनी निर्वाचित भएका छन् । कूल खसेको १२४ मतमा भट्टले ७९ र केसीले ४५ मत प्राप्त गरेका निर्वाचन अधिकृत हरकसिंह धामीले जानकारी दिए ।

स्याङ्जाको हरिनास गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै

खगेन्द्र हमाल, स्याङ्जा । जिल्ला हरिनास गाउँपालिका ६ गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । विगतको वर्ष जस्तै यस वर्ष पनि प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि स्याङ्जाको हरिनास गाउपालिका वडा नं ६ क्याक्मी गैराखोलामा साविकको वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेभएको छ । यसका साथै विविध सांस्कृतिक कार्यक्रम पनि हुने किरण मानन्धरले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस