Namaste Icon
Ad
Ad

सेमेष्टर शुल्क छुट सहितका चारबुँदे माग राख्दै हिलसाईड कलेजमा संयुक्त विज्ञप्ति बुझाईयाे

सेमेष्टर शुल्क छुट सहितका चारबुँदे माग राख्दै हिलसाईड कलेजमा संयुक्त विज्ञप्ति बुझाईयाे

काभ्रे । नेपाल विद्यार्थी संघ हिलसाईड कलेज अफ इन्जिनियरिङ्गको नेतृत्वमा हिलसाईड कलेज अफ इन्जिनियरिङ्गमा विद्यार्थीलाई सेमेष्टर शुल्क छुट सहित चारबुँदे माग राख्दै संयुक्त विज्ञप्ति बुझाईएको छ । नेविसंघका नेता योगेश मोक्तानको नेतृत्वलाई ऐक्यबद्धता जनाउँदै अखिल (क्रान्तिकारी) हिलसाईड कलेज अफ इन्जिनियरिङ्ग ईकाई अध्यक्ष दिनेशचन्द्र जोशी र मेस (हिलसाईड कलेज अफ इन्जिनियरिङ्ग ईकाई) सचिव सञ्जय यादवद्वारा उक्त कलेजका एकेडेमिक कोर्डिनेटर धुर्व थापालाई संयुक्त विज्ञप्ति बुझाएका छन् ।

कोभिङ–१९ को महामारीबाट विश्व नै आक्रान्त भएको यस क्षणमा नेपालको शिक्षा क्षेत्र पनि नराम्रोसंग प्रभावित भएको छ । विधार्थीहरुलाई शैक्षिक संस्थामा कोरोना संक्रमणको त्रासले मनोवैज्ञानिक रुपमा पनि त्रसित, दबाब र तनावमा भएको भन्दै संयुक्त विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ । यस्तो अवस्थामा पनि उच्च शिक्षाको क्षेत्रमा भद्रगोल र वेतिथि बढ्दो छ । यस्तो भयावह अवस्थामा पनि कलेज प्रशासनले विद्यार्थीलाई राहात पुर्याउनुको साटो झन् विद्यार्थीलाई शत–प्रतिशत शुल्क लिने कठोर निर्णय प्रति संयुक्त विद्यार्थी संगठले घोर निन्दा गरेको छ ।

पूर्वाञ्चल विश्विद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुले विद्यार्थीहरुलाई राहात स्वरूप केही प्रतिशत शुल्क छुट दिएको अवस्थामा हिलसाईड कलेजले शत–प्रतिशत शुल्क लिने अराजक निर्णय प्रस्तुत गरेको भन्दै आपत्ति जनाइएको छ। साथै कलेज प्रशासनले कलेज जस्तो संवेदन स्थलभित्र प्रहरी प्रशासन खडा गरेर विद्यार्थी नै त्रसित बनाएको कुराको विद्यार्थी नेता योगेश मोक्तानले खण्डन गरेका छन् र घोर आपत्ति जनाएका छन् । संयुक्त विद्यार्थी संगठनले विद्यार्थीहरुलाई सेमेष्टर शुल्क छुट प्रदान गर्ने माग सहित चारबुँदे राखेको जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो । यो सँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी २० चैतभित्र परीक्षा सञ्चालन, उत्तरपुस्तिका सिलबन्दी कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गरी सोको विवरण उपलब्ध गराउन सम्बन्धित परीक्षा केन्द्रलाई सूचित गरेको छ ।

ललितपुरका थप १२ विद्यालयले यस वर्ष नर्स पाउने

ललितपुरका थप १२ विद्यालयले यस वर्ष नर्स पाउने

सन्तोष दहाल, ललितपुर। शिक्षण संस्थाबाट स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सुरु गरेको एक विद्यालय एक नर्स अभियान ललितपुर जिल्लामा पनि प्रभावकारी बन्दै गईरहेको छ। गत वर्ष जिल्लाका विभिन्न ५ विद्यालयमा परेको उक्त कार्यक्रमा यस वर्ष थप १२ विद्यालयले पाउने भएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस