Namaste Icon
Ad
Ad

ललितपुरका थप १२ विद्यालयले यस वर्ष नर्स पाउने

ललितपुरका थप १२ विद्यालयले यस वर्ष नर्स पाउने

सन्तोष दहाल, ललितपुर। शिक्षण संस्थाबाट स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सुरु गरेको एक विद्यालय एक नर्स अभियान ललितपुर जिल्लामा पनि प्रभावकारी बन्दै गईरहेको छ। गत वर्ष जिल्लाका विभिन्न ५ विद्यालयमा परेको उक्त कार्यक्रमा यस वर्ष थप १२ विद्यालयले पाउने भएका छन्।

मन्त्रालयका अनुसार यस वर्ष ललितपुर महानगरपालिकाको प्रगति शिक्षासदन माध्यमिक विद्यालय कुपन्डोल,श्रमिक शान्ति माध्यमिक विद्यालय च्यासल,गोदावरी नगरपालिकाको किटनी नमुना माध्यमिक विद्यालय गोदावरी, फुलचोकी नमुना माध्यमिक विद्यालय ठैब,महाङ्काल गाउँपालिकाका महाङ्काल माध्यमिक विद्यालय गोटिखेल, महेन्द्र माद्यामिक विद्यालय ठुलादुर्लुङ्ग,महालक्ष्मी नगरपालिकाका श्री विश्वमित्र गणेश माध्यमिक विद्यालय,श्री महेन्द्र आदर्श माध्यमिक विद्यालय,बागमती गाउँपालिकाका श्री विद्याधिश्वरी माध्यमिक विद्यालय आश्राङ्ग,श्री कालीदेवी माध्यमिक विद्यालय माल्टा तथा कोञ्ज्योसोम गाउँपालिकाका श्री गोठभन्ज्यांग माध्यमिक विद्यालय दलाचोकी र श्री मगरगाउँ माध्यमिक विद्यालय शंखुले यो सेवा प्राप्त गर्नेछन्।

गत वर्ष ललितपुरका बज्रबाराही माध्यमिक विद्यालय,कालीदेवी माध्यमिक विद्यालय(प्युटार),बालेश्वरी माध्यमिक विद्यालय भारदेउ ,आदर्श शौल माध्यमिक विद्यालय र त्रिपदम माध्यमिक विद्यालयले नर्स सेवा प्राप्त गरेका थिए। यो कार्यक्रममा छनोट हुनका लागि विद्यालयमा ३०० भन्दा बढी विद्यार्थी रहेको,दलित जनजाती उच्च रहेको,छात्राको सङ्ख्या बढी भएको तथ्गा एसइई नतिजा राम्रो भएको लागायतका मापदण्ड विद्यालयले पुरा गरेको हुनुपर्नेछ।

बागमती प्रदेशका प्रत्येक सामुदायिक विद्यालयमा यो कार्यक्रम पु¥याउने लक्ष्यअनुरुप आर्थिक वर्ष २०७५र०७६ मा मन्त्रालयले पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा १३ जिल्लाका १८ स्थानीय तहबाट२० विद्यालयमा नर्स छनौटका लागि प्रक्रिया अघि बढाएको थियो। यसैगरी २०७६र०७७ मा त्यो कार्यक्रमलाई १२१ विद्यालयमा लागु गरिएको र यस आर्थिक वर्ष सम्ममा प्रदेश भरका ३२५ विद्यालयमा नर्स कार्यक्रम संचालन भएको विद्यालय नर्स कार्यक्रमका फोकल पर्सन सतिश विष्टले पालिका खबरलाई जानकारी दिए। उनका अनुसार यस आर्थिक वर्षमा उक्त कार्यक्रमको लागि १९ करोड बजेट मन्त्रालयले छुट्याएको छ। विद्यालयमा खटाईएका नर्सले प्रत्येक विद्यार्थीको स्वास्थ्यबारे दैनिक जानकारी लिन्छन्, उनीहरुलाई आफूसँगै घर परिवारलाई स्वस्थ रहने तरिकाबारे सिकाउँछन्। प्राथमिक उपचारले ठीक नभएपछि नर्सले बिरामी विद्यार्थी अस्पताल पठाउँछन्।

प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रमको सम्पूर्ण व्यास्थापन स्थानीय सरकारले गर्ने गरी जिम्मा दिएको छ। ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका प्रमुख गोपीलाल सिंतान सामुदायिक विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम एकदमै प्रभावकारी र चेतनामुलक हुँदै गएको बताउँछन्। विशेष गरी किशोर किशोरीलाई शारीरिक रुपमा आउने समस्या, महिनावारीको बेलामा देखापर्ने समस्या समाधानका लागि नर्स आएपछि अत्यन्तै सहज भएको र प्रजजन तथा यौन स्वास्थ्यको मामलामा पनि उक्त कार्यक्रमले गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा चेतनामुलक रुपमा अघि बढेको उनको भनाई छ।

ललितपुर पुल्चोकको त्रिपद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद घिमिरेले २०७५ देखि नै आफ्नो विद्यालयमा नर्स कार्यक्रम लागु भएको र उक्त कार्यक्रमले अत्यन्तै सकारात्मक प्रभाव पारेको बताए। १६०० विद्यार्थी रहेको उक्त विद्यालयमा कार्यरत नर्स लीला महर्जनले विद्यार्थीको पूर्ण स्वास्थ्य परीक्षण गर्नुका साथै अन्य आवश्यक परामर्श पनि दिने गरेका कारण विद्यार्थी, विद्यालय र नर्सबककच अत्यन्तै सुमधुर सम्बन्ध स्थापित भएको घिमिरेले बताए।

Ad

सम्बन्धित समाचारहरु

सेमेष्टर शुल्क छुट सहितका चारबुँदे माग राख्दै हिलसाईड कलेजमा संयुक्त विज्ञप्ति बुझाईयाे

काभ्रे । नेपाल विद्यार्थी संघ हिलसाईड कलेज अफ इन्जिनियरिङ्गको नेतृत्वमा हिलसाईड कलेज अफ इन्जिनियरिङ्गमा विद्यार्थीलाई सेमेष्टर शुल्क छुट सहित चारबुँदे माग राख्दै संयुक्त विज्ञप्ति बुझाईएको छ । नेविसंघका नेता योगेश मोक्तानको नेतृत्वलाई ऐक्यबद्धता जनाउँदै अखिल (क्रान्तिकारी) हिलसाईड कलेज अफ इन्जिनियरिङ्ग ईकाई अध्यक्ष दिनेशचन्द्र जोशी र मेस (हिलसाईड कलेज अफ इन्जिनियरिङ्ग ईकाई) सचिव सञ्जय यादवद्वारा उक्त कलेजका एकेडेमिक कोर्डिनेटर धुर्व थापालाई संयुक्त विज्ञप्ति बुझाएका छन् ।

स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने

काठमाडौं । कोभिडका त्रासका कारण शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको छ। त्रिभुवन विश्वविद्यालयले गत वर्षकै परीक्षा सम्पन्न गरिसकेको छैन। यस्तो अवस्थाकै कारण विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेको छ। विश्वविद्यालयका विभिन्न संकायका डिनहरूको माघ पहिलो साता बसेको संयुक्त बैठकको निर्णयअनुसार नयाँ शैक्षिक सत्र सार्वजनिक गरेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad