Namaste Icon
Ad
Ad

सम्झनाका सदस्यलाई तरकारीको बीउ र कृषि औजार सामग्री वितरण

सम्झनाका सदस्यलाई तरकारीको बीउ र कृषि औजार सामग्री वितरण

सन्तोष दाहाल, ललितपुर। चापागाउँमा अवस्थित सम्झना कृषि सहकारी संस्था लिमिटेडले आफ्ना विभिन्न केन्द्र र समूहमा आबद्ध शेयर सदस्यहरुलाई तरकारीको बीउ तथा अनुदानको कृषि औजार सामग्री वितरण गरेको छ। शुक्रबार कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख कृष्णभद्र अधिकारीको उपस्थितिमाआयोजित एक कार्यक्रमका बीच उक्त सामग्री तथा बीउबिजन वितरण गरिएको हो।

कार्यक्रममा बागमती प्रदेश सरकारको कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र ललितपुर मार्फत पचास प्रतिशत अनुदान सहयोगमा २५ जना किसान सदस्य लाई घाँस धुल्याउने मेशिन ,१८ जना किसान सदस्य लाई खेत जोत्ने ट्र्याक्टर (पावर टिलर,मिनि टिलर) ,२०जना किसान सदस्य लाई स्प्रे पम्प बितरण गर्नका साथै संस्थाको तर्फबाट गोलभेडा ,सिमि,काँक्रो ,बन्दा,फर्सी लगाएत तरकारीको बीउ संस्थाका करिब २५०० किसान सदस्य लाई बितरण गरिएको हो।

साथै विभिन्न केन्द्रका केन्द्र अध्यक्ष ,उपाध्यक्ष ,बालबचत कर्ताहरु ,संस्था लाई महत्त्वपूर्ण योगदान गर्ने करिब २०० सेयर सदस्य हरु तथा सन्चारकर्मी हरुलाइ समेत संस्थाले सम्मान गरेको छ भने संस्थाका किसान सदस्य हरुलाइ पचास प्रतिशत अनुदान को कृषि औजार उपलब्ध गराएर महत्त्वपूर्ण सहयोग गर्ने कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णभद्र अधिकारी लाई संस्थाको तर्फबाट विशेष सम्मान गरिएको थियो।

Ad

सम्बन्धित समाचारहरु

टर्कीबाट ल्याइएका ओखरको बिरुवा कृषकलाई वितरण

टर्कीबाट ल्याइएका ओखरको बिरुवा कृषकलाई वितरण

रुकुम । रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय उन्नत जातको अर्थात दाँते ओखरको खेतीतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय जिल्लाका कृषकदेखि लिएर जनप्रतिनिधि र राजनीतिमा सक्रिय व्यक्तिले पनि दाँते ओखरको खेती गरिरहेका छन् । ओखर खेतीलाई उन्नतरूपमा विस्तार गर्न जिल्लामा भर्खरै टर्कीबाट १९ हजार दाँते ओखरका कलमी बिरुवा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुकुम (पूर्व), रोल्पा कार्यालयले टर्कीबाट १९ हजार ओखरको बिरुवा ल्याएको हो ।

कोञ्ज्योसोम र बुखेलका  कृषकले पाए ५० प्रतिशत अनुदानको कृषि सामग्री

सन्तोष दाहाल, ललितपुर। कोञ्ज्योसोम गाउँपालिकाका दलचोकी र शंखु तथा महांकाल गाउँपालिकाको बुखेलका कृषकले ५० प्रतिशत अनुदानको खेतबारी जोत्ने मिनिटिलर,वेटिङ काँटा,पानी छर्कने स्प्रे तथा विरुवा रोप्ने मेसिन प्राप्त गरेका छन्

Ad

प्रतिक्रिया दिनुहोस