Namaste Icon
Ad
Ad

शिवम् सिमेन्टकाे सामाजिक काम : विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण

शिवम् सिमेन्टकाे सामाजिक काम : विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण

काठमाडौं । सिमेन्ट उद्योग लिमिटेडले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको छ । शिवमले उद्योग सञ्चालित क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको हो । त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रूपनारायण माध्यमिक विद्यालय बुढीचौरमा अध्ययनरत ५ सयभन्दा बढी विद्यार्थीका लागि स्विटर तथा ट्र्याकसुट वितरण गरेको कम्पनीले जनाएको छ ।


विगतमा पनि आफूले उद्योग सञ्चालित क्षेत्रका विभिन्न विद्यालयमा शैक्षिक सामग्री तथा शैक्षिक छात्रवृत्ति वितरण गर्दै आहिरहेका र यही सिलसिलामा यसपटक पनि कम्पनीले चिसोको समयमा चिसोकै कारण विद्यार्थी नियमित पठनपाठनमा प्रभावित हुन नपरोस् भन्ने अभिप्रायले विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको बताएको छ । शिवम् सिमेन्ट्सले विगतका दिनहरूमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविर, विपन्न परिवारका लागि खाद्यान्न वितरण, आइसोलेसन बेड निर्माणका लागि आर्थिक सहयोग, उद्योग क्षेत्रका विभिन्न विद्यालयहरूमा छात्रवृत्ति, एम्बुलेन्स हस्तान्तरण, न्यानो कपडा वितरण, सडक निर्माण, वृक्षारोपणजस्ता कार्यहरू गर्दै आइरहेको बताएको छ ।


गुणस्तरीयताको सम्बन्धमा नो कम्परमाइज भन्दै देशको विभिन्न ठूलाठूला राष्ट्रिय गौरवका आयोजनामा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवमले हाल मात्रै सिमेन्ट जगत्मै पहिलोपटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्ड–२०१९ बाट पुरस्कृत भएको पनि विज्ञप्तिमा उल्लेख छ । सन् २००९ मा हेटौंडामा स्थापित यस उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली सिमेन्ट बन्न सफल भएको दाबी पनि कम्पनीको छ ।

Ad

सम्बन्धित समाचारहरु

व्यवसायीको हकहितको लागि राज्य उदासीन भएको गुनासो

व्यवसायीको हकहितको लागि राज्य उदासीन भएको गुनासो

लक्ष्मण दुलाल,काठमाडौँ। वि.सं.२०५८ सालमा स्थापित वितरक व्यवसायीहरुको छाता संगठन नेपाल बितरक संघको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

ललितपुरमा हस्तकला मेला

ललितपुरमा हस्तकला मेला

ललितपुर । ‘हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको संवद्र्धन’ भन्ने नाराका साथ ललितपुरमा महिला हस्तकला मेला आयोजना गरिएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाको प्राङ्गणमा मेला शुरु भएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मेलाको उद्घाटन गरे । हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी व्यवसायीलाई उत्पादक, खरिदकर्ता, विक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराउने लक्ष्य मेलाले राखेको छ ।स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धनका साथै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात तथा प्रवद्र्धन गर्ने ध्येयका साथ आफूहरूले प्रयास गरेको मेला संयोजक तथा नेपाल हस्तकला महासङ्घका सदस्य सविता सिंहले जानकारी दिइन । उनले महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन/नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजारीकरण र प्रवद्र्धनले महिलाको आर्थिक पाटोलाई समेत टेवा पुग्ने बताइन ।

Ad

प्रतिक्रिया दिनुहोस