नेपाल मगरसंघ पाल्पा-काठमाडौ सम्पर्क समितिको अध्यक्षमा गोपाल रानामगर

काठमाडौं । नेपाल मगरसंघ पाल्पा-काठमाडौ सम्पर्क समितिको अध्यक्षमा गोपाल रानामगर चयन भएका छन । काठमाडौंमा सम्पन्न सम्पर्क समितिको चौथो अधिवेशनले रानामगरलाई अध्यक्षमा चयन गरेको हो । सो अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । उक्त अधिवेशन कार्यक्रम मगरसंघका केन्द्रिय सदस्य छत्रबहादुर लुङ्गेली मगर(बिमल) को प्रमुख आतिथ्य र सम्पर्क समन्वय केन्द्रिय समितिका अध्यक्ष होमराज खपाङ्गी मगरको विशेष आतिथ्यमा भएको हो ।
अधिवेशनबाट आफुलाई विश्वास गरेर अध्यक्षमा चयन गर्दै महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा नवअध्यक्ष रानामगरले सबैलाई धन्यवाद दिए । अध्यक्ष रानामगरले भने 'मलाई विश्वास गरेर अध्यक्षमा चयन गरी महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा उच्च सम्मानसहित उपस्थित तपाईंहरु सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।' उक्त अधिवेशन कार्यक्रममा विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
काठमाडौं । फागुन २१ गते देखि २८ गते सम्म हिन्दु तथा बौद्ध धर्मका गुरुहरुद्वारा एक हप्तासम्म धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर मच्छिन्द्रनाथ मन्दिर क्षेत्र वातावरण सुधार एवम व्यवस्थापन गर्ने र विश्वमा फैलिएको कोरोनाको कारण दिवंगत भएका मनिसहरुको चिरशान्ती साथै सङ्क्रमितहरुको शिघ्रस्वस्थ लाभको कामनासहित उक्त प्रवचन कार्यक्रम गर्न लागिएको हो ।
काठमाडौं । परिवर्तनको लागि मानव समाज नेपाल सँस्थाले नयाँ कार्यसमिति चयन गरेको छ । उक्त सँस्थाले साधारणसभा गरेर नयाँ कार्यसमिति चयन गरेको हो । सँस्थाको नयाँ कार्यसमितिमा अध्यक्ष कृष्णहरि पुडासैनी, उपाध्यक्ष मन्जु श्रेष्ठ, महासचिव राजु कार्की, सचिव विश्वराम ढलाकोटी, कोषाध्यक्ष संगिता विश्वर्कमा (सुन्दास) रहेका छन ।