Namaste Icon
Ad
Ad

राजधानीमा आईटी शिक्षा, शैक्षिक मेला हुँदै

राजधानीमा आईटी शिक्षा, शैक्षिक मेला हुँदै

काठमाडौं । नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मूल नाराका साथ आगामी बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेशन फाउण्डेशनले फागुन ६ गते बिहीबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बीबीएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३८ शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ ।

नेपालमै व्यवस्थापन तथा आईटि तर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तराष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरि सकेको छ । छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गदै रहेको र कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने पाठशालाका कार्यकारी निर्देशक सञ्जय मण्डलले बताए ।

यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमशः पोखरा विश्वविधालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविधालयका छ वटा, पूर्वाञ्चल विश्वविद्यालयका ३ वटा, काठमाडौं विश्वविधालयका २ वटा, मध्यपश्चिम विश्वविद्यालयका पाँच वटा नेपाली विश्वविधालयका कलेज, दुई वटा सीए र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहेने छ भने १५ वटा विदेशी विश्वविधालयको कोर्ष पढाउने संस्थाहरु जसमा युके मलेसिया अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने पाठशालाका कार्यकारी निर्देशक मण्डलले जानकारी दिए ।

यस वर्षको पाठशाला एजुकेशन फउण्डेशनद्घारा आयोजित छैठौं नेपाल व्यवस्थापन र आईटि शैक्षिक मेला २०७७ को टाइटल स्पोन्सर नामी कलेज रहेको छ भने स्पोन्सरमा सन वे इन्टरनेशनल विजनेश कलेज, काठमाडौं नेशनल कलेज इन एसोसिएसन विथ तथा मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रालि रहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

सस्तो मुल्यका मोवाइल फोन नेपालमा, यस्ता छन विशेषता तथा मुल्य

काठमाडौं । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रुपमा लन्च गरिएको थिएन । पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ भने भने विस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने छ । कम्पनीले नेपाली उपभोक्ताहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर आईप्रोका फिचर फोन मोडलहरु ल्याउन लागेको हो । आईप्रोका फिचर फोनहरुमा ड्युअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषता हुनेछन् ।

नोकियाले ल्यायाे नयाँ स्मार्टफोन, कति पछ

नोकियाले ल्यायाे नयाँ स्मार्टफोन, कति पछ

काठमाडौं । नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ। ६.५१ इन्च इड्ज–टु–इड्जसम्म फैलिएको एक प्रभावशाली स्क्रिन रियल इस्टेटले पूर्ववर्ती भन्दा यो लगभग एक इन्च ठूलो छ। यो फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो हो । नोकिया १.४ क्षणमा इन्जिनियर र निर्मित गरिएको फोन हो।

Ad

प्रतिक्रिया दिनुहोस