बौद्ध परम्परा ‘प्रवज्या संवर’बारे प्रवचन

काठमाडौँ। नेवार समुदायभित्र बज्राचार्य एवं शाक्य जातिले गर्दै आएको विहार (संघ) प्रवेश गर्ने परम्परा प्रवज्या सबर (बरे छुइगु) बारे प्रा.डा नरेशमान बज्राचार्यले प्रष्ट पारेका छन् । परम्पराबारे ज्ञानको कमी हुन थालेको र यसकारण परम्परा निरन्तरतामा समेत चुनौती थपिएकोप्रति ध्यान दिँदै जिसि आजु गुठी, रत्न केतु महाविहार झ्वाःबाहालले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बरे छुईगु अर्थात प्रबज्या सबर भनेको के हो ? किन गरिन्छ ? र कसरी गरिन्छ ? भन्ने विषयमा लुम्बिनी बौद्ध विश्व विद्यालयको निवर्तमान उप कुलपति समेत रहनु भएका प्रा. डा. बज्राचार्यले प्रष्ट पारेका थिए । कार्यक्रममा प्रा.डा. बज्राचार्यले “आजीवन जिम्मेवारी वहन गर्ने प्रतिवद्धताका साथ सदस्यता प्राप्त गर्नु नै ‘बरे छुइगु’ परम्परा भएको बताउँदै १० शील पालना गर्नु, समाधि (ध्यान) गर्ने अर्थात प्राप्त ज्ञानको चिन्तन मनन गरी साक्षात्कार गर्ने, तथा बौद्ध विद्यार्थी जीवनयापन गर्ने अभ्यासको आरम्भ नै प्रवज्या सबर भएको बताए ।
प्रबज्या सबर (बरे छुईगु) बारे शैक्षिक कार्यक्रम आवश्यक भएको महशुस गर्दै आयोजना गरेको नेपाल सरकारका पूर्व सह–सचिव एवं समितिका सह–संयोजक÷संचालक आनन्दरत्न बज्राचार्यले बताएका छन् । प्रा.डा. गौतमरत्न बज्राचार्यले स्वागत गर्नुभएको उक्त कार्यक्रममा गुथिका पाँच थकाली (ज्येष्ठ सदस्यहरु) अशोक रत्न बज्राचार्य, प्रा. डा. गौतम रत्न बज्राचार्य , मोहनमानन्द बज्राचार्य, सानुराजा बज्राचार्य र नरेन्द्र रत्न बज्राचार्यको उपस्थिति रहेको उक्त कार्यक्रममा गुथिका ६ जनाको प्र्रवज्या सबर हुन गइरहेको समेत जानकारी गराइएको छ । कार्यक्रम फागुन ५, ७, ८ र ११ गते हुनेछ ।
काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेले मंगलबारबाट नयाँ कार्यक्रम सुरु जानकारी दिएका छन् । सोमबार लामिछानेले सामाजिक सञ्जालमार्फत नयाँ कार्यक्रमबारे जानकारी दिएका हुन् । उनले ‘हाम्रो नयाँ यात्राको सुरुवात’ लेखेर एउटा तस्वीर फेसबुकमा पोस्ट गरेका छन् ।
एजेन्सी । ल्वाङ धेरै गुण भएको मसला हो । यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ । स्वास्थ्य पनि यसले गजब बनाउँछ । ल्वाङले स्वास्थ्यलाई गर्ने फाइदाका बारेमा जानिराख्नुस् ।